Logo

Student Corner

मातातीर्थ औँसी

Written by: Prasoya Yadav - 33014, Grade IV

Posted on: 18 July, 2024

 नेपालमा वि सं २०८१ साल वैशाखको २६ गते मातातीर्थ औँसी परेको छ। आमाको मुख हेर्ने दिनलाई नै मातातीर्थ औँसी भनिन्छ । नेपालीहरूले आफ्नो आमाको मुख हेर्नको लागि यस दिन टीका फलफूल कपडा र अन्य उपहारहरू दिने चलन छ । म आफ्नो घरमा आमा र ठुली आमाकाे मुख हेर्छु अनि आशीर्वाद लिन्छु । त्यसपछि मैले आफ्नो हातले कार्ड बनाएर उहाँहरूको मन पर्ने चित्र कोरेर उपहार दिन्छु। उहाँहरू मेरो उपहार देखेर धेरै खुसी हुनुहुन्छ। यस दिन हामीहरू सबै मिलेर रमाइलो ठाउँमा घुम्न जान्छौँ ।