Logo

Student Corner

मातातीर्थ औँसी

Written by: Aiden Man Nhuchhe Pradhan - 32028, Grade V

Posted on: 17 July, 2024

हाम्रो देशमा हरेक वर्ष कृष्णपक्षको औँसीका दिन मातातीर्थ औँसी अथवा आमाको मुख हेर्ने दिन भव्यताका साथ मनाइन्छ । यस दिन सबैजनाले आफूलाई जन्म दिने महान् व्यक्ति पूजनीय माताको पूजा गरी उहाँलाई खुसी बनाई उहाँसँग आशीर्वाद ग्रहण गर्दछन् । हाम्री आमा जसले गर्भमा कठिनाइहरू सहेर हामीलाई जन्म दिनुहुन्छ । सानो छँदा एकछिन पनि नछोडी हामीलाई हुर्काउनुहुन्छ, बढाउनुहुन्छ र पढाउनुहुन्छ । उहाँले गरेका यस्ता योगदानलाई हामीले कहिल्यै बिर्सन हुँदैन । त्यसैले यस विशेष दिन दिनभरि हामीले उहाँलाई खुसी पार्न मनपर्ने चिज, खाना, लुगा आदि दिएर रमाइलो बनाउनु पर्दछ । आमाले हामीलाई खुसी बनाउनको लागि धेरै मिहिनेत गर्नुहुन्छ । हामीले पनि उहाँको दुःख बुझ्नुपर्छ । एक दिन मात्रै उहाँलाई खुसी बनाएर पुग्दैन । सधैँभरि उहाँले भनेको मान्नुपर्छ । उहाँलाई पिर पर्ने काम गर्नुहुँदैन ।  आमा हुनेहरूले घरमा नै मातातीर्थ औँसी मनाउँछन्। आमा दिवंगत भएकाहरूले काठमाडौँको मातातीर्थ मन्दिरको कुण्डमा गई आमाको सम्झना गर्ने, पूजाआजा गर्ने र दान दक्षिणा प्रदान गर्ने गर्दछन् । त्यसैले यस दिनलाई मातातीर्थ औँसी भनिन्छ । यस वर्ष २०८१ साल वैशाख २६ गते बुधबारका दिन आमाको मुख हेर्न दिन अथवा मातातीर्थ औँसी  परेको थियो ।