Logo

Student Corner

विद्याकाे महत्त्व

Written by: Aarjan Khadka - 29003, Grade V

Posted on: 15 March, 2022

विद्या शब्दको अर्थ सिक्नु, ज्ञान आर्जन गर्नु भन्ने  बुझाउँछ । विद्याको महत्त्व भन्नाले कुनै विषयम सिकेर जान्नेबुझ्ने भएपछि त्यसले पार्ने सकारात्मक प्रभाव भन्ने  बुझिन्छ । विद्याबिना मानिसले जीवनको पूर्ण आनन्द लिन सक्दैन । विद्याको महत्त्व मानवजीवनमा अवर्णनीय छ । विद्याको अर्थ सिक्नु हो तर त्यो सिकेको कुरालाई सधैँ सम्झिराख्नु पनि हो । मानिस जन्मनासाथ उसको सिक्ने प्रक्रिया सुरु हुन्छ । बच्चाको शिक्षा घरबाट सुरु हुन्छ। यो एक जीवनभरको प्रक्रिया हो जुन मृत्युसँगै समाप्त हुन्छ । विद्या जीवन सुधार्ने हतियार हो। यो कसैको जीवन परिवर्तन गर्ने सबैभन्दा महत्त्वपूर्ण साधन हो । विद्याले व्यक्तिको ज्ञान, सीप र व्यक्तित्वको विकास गर्छ । विद्याले मानिसको रोजगारीको अवसरलाई असर गर्छ । उच्च शिक्षित व्यक्तिले राम्रो जागिर पाउने सम्भावना धेरै हुन्छ । व्यक्ति, जाति र राष्ट्रको उन्नतिमा विद्याको एकदमै ठुलो भूमिका हुन्छ, त्यसैले जीवनका लागी विद्या अत्यन्तै महत्त्वपूर्ण छ ।