Logo

Student Corner

Articles

मेराे देश
- Bibechana Dangol - 30009, Gra ... 22 March, 2022

मेराे देश नेपाल भारत र चीनजस्ता ठुला राष्ट्रकाे बिचमा  रहेकाे छ ।  । मेराे देश अन्य देशकाे तुलनामा क्षेत्रफलका आधारमा सानाे भए तापनि प्राकृतिक ,कला र संस्कृतिले निकै विशाल छ । नेपाल हिमाल,पहाड र तराई गरेर तिन भाैगाेलिक क्षेत्रमा विभाजन भएकाे  छ ।  यहाँ हिमाल १७ प्रतिशत,पहाड ६८ प्रतिशत र तराइ १५ प्रतिशत रहेकाे छ ।याे देश प्राकृतिक साैन्दर्यमा धनी छ । समुद्रसँग नजाेडिएकाे भूपरिवेष्ठित राष्ट्र नेपालमा संसारकाे सबैभन्दा अग्लाे हिमाल अवस्थित छ । ६ हजार नदीनाला भएकाे हाम्राे देशमा यसकाे सही सदुपयाेग गर्न सकेमा देशकाे अझ विकास हुने थियाे । गण्डकी,काेशी,कर्णाली जस्ता ठुला नदीहरूले सजिएकाे देशलाई  रारा,फेवा,बेगनास जस्ता तालहरूले आकर्षित तुल्याएका छन् । 

फरक फरक धर्म मान्ने मानिसका फरक फरक चाडबाडले सबैलाई मनाेरञ्जन दिएका छन् । विभिन्न जातजातिका भाषा र भेषले यहाँकाे पहिचान दिएकाे छ । मलाई मेराे देश नेपाल हाे भन्न गर्व महसुस हुन्छ ।


 


Read More
नारी दिवस
- Eva Adhikari - 29012, Grade V ... 21 March, 2022

आज म लगाएत विश्वभरका धेरै बालिकाहरूले विद्यालय गएर पढ्न पाएका छाैँ । विश्वका अनेका देशहरूमा सरकारी पदहरूमा महिला कर्मचारीहरूले पुरुषहरू सरह काम गरेर देशकाे सेवा गरिरहेका छन् । हाम्राे देश नेपालमा त वर्तमान राष्ट्रपति समेत महिला नै छन् । यस्तै अन्य क्षेत्रहरू खेलकुद व्यापार,कला,सङ्गीत,राजनैतिक,चिकित्साक्षेत्र इत्यादि क्षेत्रहरूमा महिलाहरूले आफूलाई अब्बल साबित गरिरहेका छन् । तर याे अवसर, अवस्था महिलाहरूले सजिलै पाएका चाहिँ हाेइनन् । 

वर्षाैँ पहिले महिलाहरूलाई मानिसजस्ताे व्यवहार पनि गरिँदैनथ्याे । यसकाे ज्वलन्त उदाहरण हाम्राे देशमा पहिला रहेकाे सतीप्रथालाई लिन सकिन्छ । उपभाेग्य वस्तु जस्तै महिलालाई व्यवहार गरिन्थ्याे । उनिहरूलाई आफूखुसी बाँच्न ,रमाउन, हिँड्ने वा बाेल्ने कुनै पनि अधिकार थिएन । घरबाट बाहिर निस्कने हक पनि नभएका त्यसबेलाका महिलाहरूले राजनीतिक अधिकार त आकाशकाे फल जस्तै थियाे । 

महिलाहरूलाई याे अवस्थामा ल्याउन धेरै सङ्घर्ष गरिएकाे थियाे । इतिहास खाेतल्दै जाँदा जर्मनकी क्लारा जेटकिनप्रति हामी कृतज्ञ हुनै पर्छ । उनले नै सन् १८९२ मा महिलाहरूलाई गाेलबन्द गर्दै महिला सचेतनाकाे थालनी गरेकी हुन् । फलस्वरूप सन् १९०७ मार्च ८ मा जर्मनीकाे श्रमिक महिला संघकाे स्थापना भयाे । जेटकिनकाे सचेतना विश्वभर फैलियाे र धेरै महिलाहरूकाे सङ्घर्षकाे फलस्वरूप सन् १९११ मा अष्ट्रिया, जर्मनी, डेनमार्क, स्विजरल्याण्डमा अन्तराष्ट्रिय नारी दिवस मनाइएकाे थियाे ।संयुक्त राष्ट्रसंघले आधिकारिक मान्यता दिएपछि २०२२ मार्च ८ मा ११२अाैँ अन्तराष्ट्रिय नारी दिवस मनाइरहेका छाैँ । याे वर्षकाे नारा सामाजिक न्याय र लैङ्गिक समानताःदिगाे विकासकाे सुनिश्चितता रहेकाे छ । 

हाल पनि कैयाैँ देशमा महिलाहरूले भाेट हाल्न नपाइने विद्यालय गएर पढ्न नपाउने घरबाहिर जाँदा आफ्नाे बुबा श्रीमान वा छाेरासँग मात्र जानुपर्ने ,गाडी चलाउन नपाउने आदि नियम छन् । यस्ताे असमानता चिर्न अझ पनि महिला र पुरूषकाे संयुक्त सङ्घर्षकाे निरन्तरताकाे आवश्यकता छ । हाम्राे देश नेपालमा पनि कानुनी रूपमा महिलामाथि हुने भेदभावकाे अन्त्य भए तापनि व्यावहारिक रूपमा अन्त्य हुन सकेकाे छैन । यसकाे ज्वलन्त उदाहरणका रूपमा बाेक्सी आराेपित महिला, छाउपढी प्रथा , बच्ची भ्रुणहत्या आदिलाई लिन सकिन्छ । यसकाे समाधानका लागि सचेतना कार्यक्रमकाे आवश्यकता छ । 

अन्तमा महिलालाई पनि समान अधिकार र अवसर अनि सम्मान दिलाई सभ्य अनि भव्य समाजकाे निर्माण नै नारी दिवसकाे लक्ष्य हुनुपर्छ । 


 


Read More
विद्याको महत्त्व
- Hardik Sharma Phuyal - 29047, ... 18 March, 2022

विद्याको ठुलाे महत्त्व छ । विद्या भएकाे मानिसले गर्न हुने काम र गर्न नहुने काम छुट्याउन पनि सक्छ । विद्या आर्जन गर्न घर,परिवार,साथीसङ्गी अनि हामी वरिपरिकाे वातावरणले सहयाेग गरेकाे हुन्छ ।  विद्यालयले हामीलाई धेरै कुरा सिकाउँछ । विद्यालाई  सुन,हिरा,मोती र पैसाले किन्न सकिँदैन । विद्याले नै हामीले  पृथ्वी र सारा ब्रमाण्ड  जित्न सक्छौं । औपचारिक विद्या स्कुल कलेज जस्ता ठाउँहरूमा सिकाइन्छ । मान्छेले सही विद्या लियाे भने सारा जीवन हाँसीखुसी बाँच्न सक्छ। हामीले विद्या सिकाउने शिक्षक शिक्षिकाहरूलाई पनि सम्मान र आदर गर्नुपर्छ । विद्याले मान्छेको बुद्धि पनि बढाउँछ। मान्छेले  शिक्षा हासिल गर्नलाई पढ्नुपर्छ । 

औपचारिक शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्छ । शिक्षक,डाक्टर,इन्जिनियर,पाइलट देखि राजनेता,व्यापारी,कर्मचारी सबै उत्पादन विद्याले नै गर्छ । 

  विद्यावान् मानिसले आफ्नाे शरीरकाे पनि ख्याल गर्छ । खान हुने वा नहुने कुरा पनि सही विद्या पाएका मानिसले छुट्याएर शरीरलाईआवश्यक हुने खानेकुरा मात्र सेवन गर्छन् । विद्या पाएका कतिपया मानिसले यसकाे सही सदुपयाेग नगरेका कारणले दुःख पनि पाएका छन् । विद्यालाई हाम्राे व्यक्तिगत धनका रूपमा पनि व्याख्या गरिएकाे पाइन्छ ।यसलाई कसैले चाेरेर लैजान पनि सक्दैन ।  विद्या जति बाँडिन्छ त्यति बढ्दै जान्छ । यसर्थ विद्याकाे महत्त्व धेरै नै भएकाे पाइन्छ । 


 


Read More
स्वस्थ शरीर
- Hardik Sharma Phuyal - 30045, ... 16 March, 2022

स्वस्थ शरीर हामी सबैकाे हुनुपर्छ । हाम्राे शरीर स्वस्थ भयो भने हामी जे काम पनि राम्ररी गर्न सक्छौं ।  हाम्रो शरीर  स्वस्थ रहनलाई हामीलाई  शक्ति चाहिन्छ ।  हामीले शक्ति पाउनलाई खाना खानुपर्छ ।  शरीर स्वस्थ हुनलाई हामीले  गेडागुडी गेडागुडी तरकारी  स्याउ केरा सुन्तला  जस्ता फलहरू खानु पर्छ ।हामीले बिहानीपखकाे घाम पनि ताप्ने गर्नुपर्छ । हाम्राे शरीरका सबै अङ्गहरूले सुचारू रूपले काम गर्न पनि शरीर स्वस्थ रहनुपर्छ ।  हामीले स्वस्थ र  पोसिलो खाना खायाैँ  भने मात्र याे सम्भव हुन्छ । यदि हामीले  कुद्ने, उफ्रिने ,दौडिने गर्याैँ  भने हाम्रो शरीर स्वस्थ  हुन्छ। स्वस्थ शरीरका लागि हामीले खाने खानामा शरीरलाई चाहिने भिटामिन,खनिज र यस्तै महत्त्वपूर्ण तत्व पनि  चाहिन्छ । हामीले सन्तुलित भाेजनकाे सेवन पनि गर्नुपर्छ ।  खानामा प्रोटिन,क्याल्सियम, फाइबर आदि तत्व पनि आवश्यक हुन्छ । प्रोटिनले शक्ति दिन्छ हाम्रो शरीर फुर्तिलो हुन्छ । 
हामीले बजारमा प्याकेटमा हालेर राखेका खानेकुरा खायाैँ भने शरीरलाई हानी पुर्याउँछ । हरियाे साग,ताजा फलफूल र स्वस्थकर खानाले नै शरीर स्वस्थ बनाउन सक्छ । यसका साथसाथै नियमित व्यायम पनि आवश्यक रहन्छ । 


Read More
नेपालका महत्त्वपूर्ण ठाउँहरू
- Kritish Chhetri - 30045, Grad ... 16 March, 2022

नेपालमा धेरै महत्त्वपूर्ण ठाउँहरू छन् । यहाँका ठाउँहरू विश्वमा प्रसिद्ध रहेका छन्  । नेपाल एउटा भूपरिवेष्ठित राष्ट्र हाे । नेपाललाई सगरमाथाले विश्वमाझ चिनाएकाे छ । नेपालकाे राजधानी काठमाडाैँ हाे । काठमाडाैँभित्र रहेका पशुपतिनथ,स्वयम्भूनाथ पनि विश्वसम्पादा सुचीमा परेका महत्त्वपूर्ण स्थान हुन् । हाम्राे देशमा एसियाका ज्याति मानिने गाैतम बुद्धकाे जन्म भएकाे लुम्बिनी छ जहाँ विश्वभरिका बुद्ध धर्म मान्ने मानिसहरू आउने गर्छन् । 
हाम्राे देशमा पर्यटकलाई आकर्षक गर्ने विभिन्न झरना,ताल र नदीनाला पनि छन् । पाेखराकाे फेवाताल,बेगनासताल, पाताले छाँगाे विभन्न गुफाहरू हेर्न धेरै मानिसहरू आउने गर्छन् । यहाँ रहेका ऐतिहासिक ठाउँहरू जस्तैः नारायनहिटी दरबार, पाटन दरबार,भक्तपुर दरबारले नेपालकाे इतिहासलाई दर्शाउँछन् । नेपालमा यस्तै महत्त्वपूर्ण ठाउँहरू धेरै रहेका छन् ।  


Read More