Logo

Student Corner

गुरु पूर्णिमा

Written by: Sushant Pokharel - 32020, Grade IV

Posted on: 09 August, 2023

हरेक वर्ष आषाढ शुक्ल पूर्णिमालाई गुरु पूर्णिमाको दिनको रूपमा मनाइन्छ। यस दिनमा हामीलाई हरपल ज्ञान, शिक्षा र प्रेरणा दिने सम्पूर्ण गुरुहरूप्रति आदरभाव, श्रद्धा र सम्मान प्रकट गरिन्छ । माता पितालाई जस्तै गुरुलाई पनि सम्मान गरिन्छ ।  हुन त गुरुहरू सदैव श्रद्धा र भक्तिका पात्रहरू हुनुहुन्छ तथापि गुरुहरूका पनि गुरू महाभारतका लेखक व्यास ऋषिको जन्मदिनमा विशेष गरी आफूलाई  ज्ञान प्रदान गर्ने सम्पूर्ण गुरुहरूप्रति नमन गर्दै आदर प्रकट गर्ने दिन गुरु पूर्णिमा हो । गुरु पूर्णिमा शिक्षक, शिक्षिका र विद्यार्थीहरूको बिचमा सम्बन्ध सुमधुर बनाउने उत्सवको दिन पनि हो । गुरुले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नाश गरेर ज्ञानको उज्यालो प्रकाश दिनुहुन्छ ।  हाम्रा गुरु र गुरुआमाहरूले हामीलाई सदैव ज्ञान, प्रेरणा, शिक्षा र हौसला प्रदान गर्ने गर्नुहुन्छ । हामी विद्यार्थीहरूको भविष्यको मार्गदर्शक हुनुहुन्छ ।