Logo

Student Corner

साथी

Written by: Pranav Pandey - 31016, Grade V

Posted on: 04 September, 2023

पहिलाे दिन नयाँ स्कुलमा पढ्न भनी गएँ
केही पनि थाहा थिएन म त एक्लै भएँ
मेरो नजिक एउटा साथी दाैडी दाैडी आयाे 
आऊ साथी तिमी र म खेल्न जाऔँ भन्याे

 

धेरै बेर हामी दुई एउटै ठाउँमा खेल्याैँ
उसले मलाई तिमी मेराे साथी बन्छाै भन्याे
मैले उसलाई तिमी मेराे  पहिलो साथी  भनेँ
कति  राम्रो साथी रहेछ म त छक्क परेँ

 

पहिलो दिन नयाँ स्कुलमा साथी मैले बनाएँ
आमा जस्तै माया गर्ने साथी मैले भेटाएँ 
पहिलो  दिन नयाँ स्कुलमा म धेरै रमाएँ
मेराे दुःख बुझ्ने विश्वासिलो साथी मैले पाएँ