Logo

Student Corner

Articles

गाई
- Medhanshi Bhattarai - 33035 ... 27 May, 2022

 गाई एउटा घरपालुवा जनावर हो । गाईका धेरै गुण हुन्छन् । गाईलाई हामीले आमाको दर्जा दिएका छौं । गाईलाई हामी तिहारमा पूजा गर्छौं । गाई गोठमा बस्छ । गाईको मनपर्ने खानेकुरा हरियो घाँस हो । गाईका बच्चालाई बाछाबाछी भनिन्छ । गाईले दुध दिन्छ । यसको दुध धेरै मिठो र पोसिलो हुन्छ । गाईको गोबर र गहुँत पनि हाम्रा लागि उपयोगी हुन्छ । गाईका दुई दुईवटा आँखा र कान  हुन्छन् । यसको एउटा पुच्छर र मुख पनि हुन्छ । गाईका चारवटा खुट्टा हुन्छन् । गाई राता, सेता, काला आदि विभिन्न रङका हुन्छन् । गाई नेपालको सबै ठाउँमा पाइन्छन् । गाई हाम्रो राष्ट्रिय जनावर हो । गाई मेरो मन पर्ने जनावर हो 


Read More