Logo

Student Corner

Articles

मेरो देश
- Pratyush Lohani - 31019, Grad ... 22 March, 2022

मेरो देशको नाम नेपाल हो । मेरो देश सुन्दर, शान्त र विशाल छ । मेरो देश नेपालको राजधानी सहर काठमाडौँ हो । नेपाललाई सात प्रदेश र सतहत्तर जिल्लामा विभाजन गरिएको छ । मेरो देशमा संसारकै अग्लो हिमाल सगरमाथा पनि छ । नेपाल हिमाल, पहाड हुँदै तराईसम्म फैलिएको छ । मेरो देश प्राकृतिक श्रोत तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ विभिन्न प्राकृतिक मनोरम दृश्यहरू देख्न सकिन्छ । यहाँ धेरै ताल, तलैया, झरना, नदी जस्ता मनोरम दृश्य देख्न पाइन्छ । नेपाल विश्वमै जलस्रोतको दोस्रो धनी देश पनि हो । नेपालमा विभिन्न जङ्गलहरू पनि छन् । जङ्गलबाट विभिन्न जडीबुटी र कच्चा पदार्थ प्राप्त गर्न सकिन्छ । भगवान बुद्धको जन्म पनि मेरै देशको लुम्बिनीमा भएको हो । नेपालको मुख्य राष्ट्रिय पर्व दसैँ र तिहार हुनका साथै राष्ट्रिय जनावर गाई, राष्ट्रिय फूल लालीगुराँस र राष्ट्रिय पन्छी डाँफे हुन् । म मेरो देशलाई धेरै माया गर्दछु र नेपाली हुनुमा पनि मलाई गर्व लाग्दछ ।


Read More
कथा समीक्षाः झिल्केबस्तीका घरहरू
- Mauri Shrestha - 31040, Grade ... 16 March, 2022

 ‘झिल्केबस्तीका घरहरू’ कथा हामीले माघ महिनामा पढेका थियौँ । यो धेरै रमाइलो कथा हाे । झिल्केबस्तीका घरहरूमा धेरै घरहरू थिए । कुनै घर खपटाले छाएका थिए भने कुनै खरले छाएका घर थिए । जस्ताले छाएको घर पनि थियो । एउटा घर चाहिँ सिमेन्टले बनाएको घर थियो । ती सबै घरहरूका आफ्नै विशेषता पनि थिए । सबै मानिसहरू सिमेन्टले बनेको पक्की घरलाई मन पराउँथे । सिमेन्टले बनेको पक्की घर आकर्षक थियो । त्यसैले सिमेन्टले बनाएको घरको घमन्ड बढेको थियो । ऊ अरु कुनै घरहरूसँग पनि बोल्दैनथ्यो । सबै घरहरूसँग उसको झगडा परेको थियो । एक दिन मान्छेहरू सिमेन्टको घर छोडेर अरूनै घरमा बस्न गए किनकि पल्लो गाउँमा भुकम्प आएको रहेछ “अब सिमेन्टको घरमा बस्न डर हुने भयाे”  मानिसहरूले भने, अब भने सिमेन्टको घरको घमन्ड कम भयो । उसले अरू घरहरूसँग माफी माग्यो । अब घरहरू फेरि मिलिजुली बस्न थाले ।


Read More