मेराे मन पर्ने जनावर कुकुर हाे । कुकुर घरपालुवा जनावर हाे । कुकुर हाम्राे मिल्ने र इमान्दार जनावर हाे । कुकुरहरूकाे मन पर्ने खाना मासु, भात र दुध हाे । कुकुरहरूकाे चारओटा खुट्टा र एउटा पुच्छर हुन्छ । कुकुरलाई तिहारमा पूजा गरिन्छ । कुकुरले चाेरहरूबाट हाम्राे घरलाई सुरक्षा दिन्छ । मेराे घरमा पनि एउटा कुकुर छ त्यसकाे रङ सेताे छ । म उसलाई धेरै माया गर्छु । ऊ पनि मसँग खेल्न मन पराउँछ ।
हात्ती जङ्गली जनावर हाे । हात्ती एकदमै ठुलाे र शक्तिशाली जनावर हाे । हात्तीका चारवटा खुट्टा हुन्छन् । हात्तीकाे एउटा पुच्छर र टाउकाे हुन्छ । हात्तीका कान नाङ्ला जत्रै हुन्छन् । हात्तीकाे नाकलाई सुँड भनिन्छ । हात्तीले धेरैजसाे काम सुँडकाे मदतले गर्छ । हात्तीकाे बच्चालाई छावा भनिन्छ । केही मानिसहरूले हात्तीलाई घरमा पनि पालेका छन् । हात्ती खैराे रङकाे मैले देखेकी छु । हात्तीकाे हेरचाह गर्ने मानिसलाई माउते भनिन्छ ।
मेराे नाम बिश्रान्त सिटाैला हाे । म सिफलमा बस्छु । म सात वर्षकाे भएँ । म कक्षा ३ मा पढ्छु । मेराे परिवारमा ६ जना सदस्य हुनुहुन्छ । हाम्राे घरमा बुबा, आमा, काका, काकी, ठुलाेबा र ठुलीआमा पनि हुनुहुन्छ । म मामाघर जान्छु । मामाघरमा रमाइलाे हुन्छ । मामाघरमा मामा, माइजू,आमा, बुबा, दादा र दिदी हुनुहुन्छ ।
मेराे विद्यालयकाे नाम सिफल माध्यमिक विद्यालय हाे । मेराे विद्यालय सिफलमा अवस्थित छ । मेराे विद्यालयमा चारवटा भवनहरू छन् । मेराे विद्यालयमा धेरै कक्षा काेठाहरू छन् । मेराे विद्यालयमा ठुलाे चउर र धेरै खेल्ने ठाउँहरू छन् । मेराे विद्यालयकाे प्रधानाध्यापककाे नाम विजय श्रेष्ठ हाे । मेराे विद्यालयमा धेरै साथीहरू र धेरै शिक्षक शिक्षिकाहरू हुनुहुन्छ । मलाई विद्यालय जान मन पर्छ । म विद्यालय हिँड्दै जाने गरेकाे छु । मेराे घरबाट विद्यालय १५ मिनेटकाे दुरीमा पर्छ । म विद्यालयलाई माया गर्छु ।