Logo

Student Corner

खानेकुरा

Written by: Sushant Pokharel - 32020, Grade III

Posted on: 27 July, 2022

हामीकहाँ धेरै प्रकारका खानेकुरा पाइन्छन् । मलाई प्रायः सबै खानेकुरा मन पर्छ । त्यसमध्ये मलाई सबैभन्दा मन पर्ने चाहिँ मासुकाे परिकार हाे । मासु निकै स्वादिलाे र पाेषिलाे हुन्छ । यसलाई विभिन्‍न तरिकाले बनाउन सकिन्छ । हामी मासु हप्तामा तीन चाेटी खान्छाैँ । चाडपर्व जस्तै; दसैँ, तिहार र देवालीमा मासु खाएर मनाउने चलन छ । शरीर कमजाेर हुँदा यसकाे झाेलले शरीरमा तागत दिन्छ । मासुका यिनै फाइदाजनक पाेषण तत्त्व र मिठासकाे कारणले मलाई मासु अति नै मन पर्छ ।