Logo

Student Corner

Articles

डेङ्गी
- Bishrant Sitaula - 32006, Gra ... 03 November, 2022

डेङ्गी लामखुट्टेको टोकाइबाट लाग्‍ने रोग हो । डेङ्गी लाग्‍न नदिन लामखुट्टेबाट बच्‍नुपर्दछ । यो डेङ्गी फैलाउने लामखुट्टे दिनमा सक्रिय हुने गर्दछ र सफा पानीमा बस्‍ने गर्दछ । यो मानिसको घरभित्र पनि हुन्छ । डेङ्गीबाट बच्‍न राति झुल लगाएर सुत्‍नुपर्छ । लामखुट्टेको नियन्त्रण  गर्न घर वरिपरि पानी जमाउनु हुँदैन । डेङ्गी रोग लाग्दा आँखाको वरिपरि दुख्‍ने, मांसपेशी र जोर्नीहरु दुख्‍ने, पेट दुख्‍ने, बान्ता हुने, नाक र मुखबाट रगत बग्‍ने जस्ता लक्षणहरू देखा पर्छन् । बिरामीलाई धेरै गाह्रो हुँदाखेरि अस्पतालमा लैजानुपर्छ । डेङ्गीबाट बच्‍न लामखुट्टेको टोकाइबाट बच्‍न अत्यन्त जरुरी हुन्छ । झ्याल ढोकामा जालीको प्रयोग गर्नुपर्छ । एउटा मानिसलाई डेङ्गी लागेमा त्यही लामखुट्टेले अर्को मानिसलाई टाेेक्याे भने डेङ्गी रोग लाग्दछ । याे बिरामीले अन्य व्यक्तिसँग हात मिलाउँदा भने यो रोग सर्दैन । सामान्य डेङ्गी रोग लाग्दा यसलाई लापरबाही गर्नुहुँदैन । यसबाट कसरी बच्‍ने भन्‍ने कुरा ख्याल गरेर रोकथाम गर्नु पर्दछ ।


Read More