Logo

Student Corner

Articles

नेपालको झन्डा
- Swopnil Amir Kansakar - 33046 ... 10 November, 2022

नेपालको झन्डा
हाम्रो देश नेपालको झन्डा मलाई धेरै राम्रो लाग्छ । हाम्रो देश देशको झन्डाको रङ रातो र नीलो छ ।  हाम्रो झन्डाको आकार  त्रिकोणीय छ । हाम्रो देशको झन्डामा चन्द्र र सूर्य अङ्कित छन् । संसारमा कुनै पनि देशमा नभएको झन्डा हाम्रो देश नेपालमा रहेको छ । हाम्रो देश नेपालको झन्डाकाे रातो रङले नेपालीहरूलाई वीर हुन् भन्ने सङ्केत गर्दछ । निलो रङ आकाशको रङ हो । यस रङले शान्तिकाे प्रतीक गर्दछ । हाम्राे यस्ताे राम्रो झन्डा हेर्दा पहाड जस्तो देखिन्छ । हाम्रो झन्डाले नेपाल र नेपालीलाई चिनाउँछ । त्यही भएर मलाई हाम्रो देशको झन्डा धेरै राम्रो लाग्छ ।


Read More