Logo

Student Corner

Articles

ब्याडमिन्टन
- Rabi Harsha Adhikari - 32013, ... 08 August, 2022

मलाई ब्याडमिन्टन खेल मन पर्छ । हामीले ब्याडमिन्टन खेल्दा ब्याट, कर्क र नेट चाहिन्छ । यो खेल खेल्दा खुला मैदानमा वा भित्र फराकिलो ठाउँ छ भने खेल्न सकिन्छ । यो खेल खेल्ने ठाउँलाई ब्याडमिन्टन कोट भनिन्छ । यो खेललाई २ वा चार जना मिलेर खेल्न सकिन्छ । यो खेलको आफ्नै नियमहरु हुन्छन् । यो खेल नियमभित्र बसेर खेल्नु पर्छ । यो खेलको नियममा एक अर्काको कर्क छोएर खेल्नु हुँदैन । ब्याटले भुईमा छुनु हुँदैन । खेल्दा एक अर्काको जीउमा छुनु हुँदैन, जस्ता नियमहरु खेलाडीहरुले अपनाउँदै खेल्नुपर्छ । यो खेल खेल्दा हाम्रो शरीर स्वस्थ र फुर्तिलो हुन्छ । शारीरिक र मानसिक रुपमा पनि हामी स्वस्थ हुन्छौँ । खेल खेल्दा एकअर्काको सहयोग गर्ने बानीको विकास हुन्छ । राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पनि यो खेल खेल्ने गरिन्छ । हाम्रो नेपालमा पनि विद्यालय तहदेखि नै याे खेल खेल्ने गरिन्छ । त्यति मात्र नभई टोलटोलमा पनि समूह मिलाई आफ्नो फुर्सदको समयमा खेल खेल्ने गरिन्छ, जुन खेल निकै रमाइलो हुन्छ । त्यसैले मलाई यो खेल्न मन पर्छ ।


Read More