Logo

Student Corner

Articles

घर
- Shashwat Poudel - 33036, Grad ... 04 August, 2023

घर भनेको हामी बस्ने ठाउँ हो । घर सबैलाई प्यारो हुन्छ । घर विभिन्न प्रकारका हुन्छन् । कुनै घर सानो, कुनै घर ठुलो हुन्छ । घरले हामीलाई सुरक्षित राख्न मद्दत गर्छ । घरले हामीलाई जङ्गली जनावर, प्राकृतिक प्रकोप, जाडो, गर्मी आदिबाट बचाउँछ । गाउँमा काठ, ढुङ्गा, माटाे, परालले घर बनाइन्छ । सहरमा इँटा, सिमेन्ट, बालुवा आदिले घर बनाइन्छ । घरमा आफूलाई मन पर्ने रङ लगाउन सकिन्छ । जनावरहरूका पनि आफ्ना घर हुन्छन् । हामीले आफ्नो घरको हेरचाह गर्नुपर्छ । घरमा जथाभावी फाेहाेर फाल्नुहुँदैन । घरको आँगन सधैँ सफा गर्नुपर्छ । कुनै घरमा सानो परिवार बस्छन् भने कुनै घरमा ठुलो परिवार बस्छन् । घरमा थुप्रै कोठाहरू हुन्छन् जस्तैः बैठककोठा, सुत्नेकोठा, भान्साकोठा र खानाखानेकोठा आदि । मलाई पनि मेराे घर साह्रै मन पर्छ । बगैँचा भएको घर पनि सुन्दर हुन्छ । हामी सबैले आफ्नो घरलाई माया गर्नुपर्छ । घरले हामी मानिस र जनावरलाई वासस्थान दिएर हाम्रो जीवनलाई सजिलो पारेको छ ।


Read More
पुस्तक समीक्षा : उज्यालो आकाश
- Ujjwol Dhakal - 33023, Grade ... 02 August, 2023

परिचय 
उज्यालो आकाश कथा यशु श्रेष्ठले लेख्नुभएको हो ।  यसमा चित्र भर्ने काम रमेश डङ्गोल र उजेली सुनारबाट भएको हो ।  यो  बालकथा हो ।  यस कथा परिचय पब्लिकेशनबाट प्रकाशन भएको हो।  
कथाबस्तु 
यस कथामा आशिका र आकाश दिदी भाइ हुन्छन्।  आकाश भुइँचालोदेखि धेरै डराउँथ्यो ।  आकाश ‘आयो आयो’ भन्दै घर बाहिर दौडिन्छ । हवाइजहाज आए पनि, गाडी आए पनि, कसैले बेस्सरी कराए पनि आकाश डराउँथे । उनलाई दिदीले “हाम्रो घर भत्किदैन, अब केही हुँदैन, हामी घरमै बसौँ भनी सम्झाइन् ।” दिदीको कुरा नसुनेर आकाश फेरि घरमा नबस्ने भन्दै दौडियो ।  आमा र दिदी स्कुलको चाैरमा पुगे । त्यहाँ आकाश थिएन । आकाश एकैछिनमा कता हरायो ।  भाइ नभेटेपछि दिदीको आँखाभरि आँसु भयो । आकाश त झ्याङभित्र पो बसेको रहेछ ।  भाइले दिदीलाई भन्यो,  “दिदी हामी यहीँ झ्याङमा बसौँ शीत र घाम त यसले पनि छेक्छ नि ।”  दिदी पनि झ्याङमा बस्न राजी भइन् ।  दिदीभाइ खेल खेल्ने भनेर सिन्काहरू खोज्न थाले ।  उनीहरूले सिन्काबाट  घर र स्कुल बनाए । यो चाहिँ पक्की घर थियो ।  फेरि उनीहरूले दुईओटा बालुवाका कच्ची घरहरू बनाए ।  दिदीले भाइलाई पक्की र कच्ची घरको बारेमा बताइन् । पोखरीमा ठुल्ठुला छाल आएर बालुवाको घर भत्कियो तर सिन्काको घर भत्किएन ।  दिदी भाइ कुराकानी गर्दागर्दै फेरि अर्को छाल आयो ।  त्यत्रो ठुलो छालले त नभत्काएको हाम्रो घर र स्कुल, यस्तो सानो छालले त भत्काउन सक्दैन भन्दै आकाश खुसी देखियो ।  दिदीले भाइलाई प्रश्न गरिन्,  “तिमी यस्तो बलियो घरमा बस्छौँ कि बस्दैनौँ त ?” आकाशले भन्यो, “बसिहाल्छु नि।”  दिदी र भाइ घरतिर लागे ।  आमा पनि आउनुभयो ।  घर पुग्दा आकाशले बुबालाई पनि देख्यो । बुबाले आकाशलाई बोक्नुभयो ।  उसको अनुहार उज्यालो भयो ।  
पात्र 
यस कथाका मुख्य पात्रहरू आकाश र आशिका हुन् । सहायक पात्रहरू आकाशका बुबा र आमा हुनुहुन्छ।  
परिवेश 
यस कथामा गाउँको परिवेश छ। गाउँघरका स्कुल, घर, पोखरी, झाडी समेटिएका छन् । 
निष्कर्ष  र सुझाव
यो कथा पढ्दा मलाई रमाइलो र राम्रो पनि लाग्यो ।  यस कथाका चित्रहरू पनि रमाइला छन् ।  यस कथामा भूकम्प आएमा कसरी बच्ने भन्ने कुरा सिकाइएको छ।  म सबै साथीहरूलाई पनि यो पुस्तक पढ्न अनुरोध गर्दछु।


Read More