Logo

Student Corner

Articles

सगरमाथा
- Suruchi Bimali - 34026, Grade ... 28 July, 2023

हाम्रो देश नेपालमा धेरै अग्ला अग्ला हिमालहरू छन् । त्यसमध्येको एउटा सगरमाथा हो । सगरमाथा हामी सबै नेपालीको पहिचान हो । सगरमाथा हाम्रो देशको गौरव हो । सगरमाथा संसारभरिकै सबैभन्दा अग्लो हिमाल हाे । यसको उचाई ८८४८.८६ मिटर रहेको छ । सगरमाथा नेपालको सोलुखुम्बु जिल्लामा पर्दछ । सगरमाथा जाँदाखेरि नाम्चेबजार भएर जानुपर्छ । नाम्चेबजार अत्यन्त रमणीय ठाउँ हाे । सगरमाथाको छेउमा कञ्चनजङ्घा, ह्लाेत्से, गौरीशंकर र अरु थुप्रै सुन्दर हिमालहरू छन् । यी सम्पूर्ण मनमोहक हिमश्रृंखलाहरूले हाम्रो देशको प्राकृतिक सुन्दरतालाई बढाएको छ । सगरमाथा विश्वभरिनै प्रसिद्ध छ । 


Read More
गृहभ्रमण कार्यक्रम २०८०
- Ujjwol Dhakal - 33023, Grade ... 27 July, 2023

हाम्राे स्कुलमा हरेक वर्ष नयाँ कक्षा सुरु भएपछि एक महिना  गृहभ्रमण कार्यक्रम चल्ने गर्दछ ।  त्यसै क्रममा यो वर्ष पनि जेठ १ गते देखि सुरु भएर जेठ ३२ गते अन्त्य हुने गरेर याे कार्यक्रम चलेको थियो । त्यस कार्यक्रममा मैले पनि सहभागिता जनाएको थिएँ ।  गृहभ्रमण भन्‍नाले शिक्षक शिक्षिकाहरू विद्यार्थीको घरमा गई विद्यार्थी र अभिभावकसँग  गर्ने कुराकानी  भन्ने बुझिन्छ ।  मेरो  घरमा पनि सरिना महर्जन शिक्षिका आउनुभएको थियो । मेरो घरमा आएर मेरी आमा र मसँग लामो कुराकानी भयो ।  मलाई पनि  शिक्षिका घरमा आउनुभएकोमा रमाइलो लाग्यो । हामी तीन जनाका बिचमा रमाइला रमाइला कुराकानी भए । शिक्षिका घरमै आएर कुराकानी गर्दा मेरो बारेमा उहाँले धेरै कुराहरू थाहा पाउनुभयो । उहाँ एक घण्टा ३० मिनेट जति मेरो घरमा बस्नुभयो। कुराकानी सकिएपछि मेरी आमाले मिठो खाजा बनाउनुभएको रहेछ हामीले खाजा खायौँ र शिक्षिका पनि विद्यालय जानुभयो ।


Read More