Logo

Student Corner

Articles

जनावरबाट र वनस्पतिबाट पाइने खानेकुराहरू
- Ajanya Parajuli - 33031, Grad ... 24 August, 2023

जनावरबाट पाइने खानेकुरालाई मांसाहारी आहारा भनिन्छ भने वनस्पतिबाट पाइने खानेकुरालाई शाकाहारी आहार भनिन्छ । माछा, मासु, कुखुरा, अन्डा, दुध आदि जनावरबाट पाइन्छ । फलफूल, तरकारी,  सागपात, अन्न र गेडागुडीहरू वनस्पतिबाट पाइन्छ । जनावरबाट पाइने खानेकुरामा प्रोटिन भिटामिन खनिज तथा चिल्लाेकाे मात्रा बढी हुन्छ । वनस्पतिबाट पाइने खानेकुरामा कार्बोहाइड्रेड भिटामिन सि, फाइबर तथा खनिजहरू पाइन्छन् । वनस्पतिबाटभन्दा जनावरबाट पाइने खानेकुरामा चिल्लो तथा काेल्डस्टाेर बढी हुन्छ । एन्टिअक्सिडेन्ट वनस्पतिबाट पाइन्छ भने अमिनाे एसिड जनावरबाट पाइन्छ ।


Read More
गोलभेँडा उत्पादन प्रक्रिया
- Yug Shrestha - 33034, Grade I ... 22 August, 2023

गोलभेँडा उत्पादन गर्न न्यानो हावापानी चाहिन्छ । यसलाई बलौटे  दोमट तथा मलिलो माटो चाहिन्छ । यसको बिउबाट पालुवा पलाउन करिब १२ देखि १५ दिन लाग्छ । गोलभेँडा बिरुवा राम्रोसँग सप्रिन घाम लाग्ने र पानी नजम्ने ठाउँ चाहिन्छ । समय समयमा पानी, मल हाल्ने र गोडमेल गर्ने गरेमा दुई महिनापछि यसको फूल फुल्न थाल्छ । यसै फूलबाट गोलभेँडा फल फल्छ । बिरुवा ठुलो हुँदै जाँदा यसलाई अड्याउन लट्ठी वा डाेरीकाे आवश्यकता पर्दछ । रोपेको तीन महिनापछि गोलभेँडा पाकेर रातो भएपछि यसलाई हामी टिप्न सक्छौँ । हामी गोलभेँडालाई सलाद, तरकारी वा अचारको रूपमा खान सक्छौँ ।


Read More