Logo

Student Corner

घर

Written by: Shashwat Poudel - 33036, Grade III

Posted on: 04 August, 2023

घर भनेको हामी बस्ने ठाउँ हो । घर सबैलाई प्यारो हुन्छ । घर विभिन्न प्रकारका हुन्छन् । कुनै घर सानो, कुनै घर ठुलो हुन्छ । घरले हामीलाई सुरक्षित राख्न मद्दत गर्छ । घरले हामीलाई जङ्गली जनावर, प्राकृतिक प्रकोप, जाडो, गर्मी आदिबाट बचाउँछ । गाउँमा काठ, ढुङ्गा, माटाे, परालले घर बनाइन्छ । सहरमा इँटा, सिमेन्ट, बालुवा आदिले घर बनाइन्छ । घरमा आफूलाई मन पर्ने रङ लगाउन सकिन्छ । जनावरहरूका पनि आफ्ना घर हुन्छन् । हामीले आफ्नो घरको हेरचाह गर्नुपर्छ । घरमा जथाभावी फाेहाेर फाल्नुहुँदैन । घरको आँगन सधैँ सफा गर्नुपर्छ । कुनै घरमा सानो परिवार बस्छन् भने कुनै घरमा ठुलो परिवार बस्छन् । घरमा थुप्रै कोठाहरू हुन्छन् जस्तैः बैठककोठा, सुत्नेकोठा, भान्साकोठा र खानाखानेकोठा आदि । मलाई पनि मेराे घर साह्रै मन पर्छ । बगैँचा भएको घर पनि सुन्दर हुन्छ । हामी सबैले आफ्नो घरलाई माया गर्नुपर्छ । घरले हामी मानिस र जनावरलाई वासस्थान दिएर हाम्रो जीवनलाई सजिलो पारेको छ ।