Logo

Student Corner

Articles

हाम्रो खानेकुरा
- Aayash Subedi - 34037, Grade ... 21 August, 2023

हामीले सबै किसिमकाे खानेकुरा मिलाएर खानुपर्छ । हामीले सधैँ सन्तुलित खाना खानुपर्छ । हाम्रो शरीरमा भिटामिनको कमी भएमा विभिन्न प्रकारका रोग लाग्न सक्छन् । हामीले विभिन्न राेगहरूबाट बच्न सन्तुलित आहार,सन्तुलित मात्रा र नियमित व्यायाममा विशेष ध्यान दिनु आवश्यक छ । सन्तुलित आहारले सबै उमेरका व्यक्तिहरू जस्तै बालबालिकादेखि वृद्धसम्म र गर्भवती सुत्केरी महिलाहरूलाई पनि स्वस्थ रहन मदत पुर्‍याउँछ । फलफूल र तरकारीहरूले हामीलाई भिटामिन दिन्छन् । हामीलाई बढ्नकाे लागि तागत चाहिन्छ । भात, राेटी आदिले तागत दिन्छन् । हामीले खानामा दुध, दही, अन्डा , माछा र फलफूल खानुपर्छ । हामीले दिनहुँ सफा र ताजा खानेकुरा खानुपर्छ ।


Read More
आँप
- Prisha Poudel - 33039, Grade ... 18 August, 2023

आँप नेपालको रैथाने फल हो । आँपको उत्पादन नेपालको तराईमा सबैभन्दा बढी हुन्छ । ८० प्रतिशत उत्पादन तराईबाटै हुन्छ । आँपका ठुलाठुला बगैँचा तराईमा छन् । बागवानीबाट विभिन्न जातका बिरुवा प्राप्त गर्न सकिन्छ र यसको व्यवसायिक उत्पादन गर्न सकिन्छ । आँपको सबैभन्दा भित्री भाग लाई कोया भनिन्छ । कोयाबाट बिरुवा बन्छ । काेयाभन्दा बाहिरको भागलाई गुदी भनिन्छ । गुदीभन्दा बाहिरको भागलाई बोक्रा भनिन्छ । आँपका बोटहरू विभिन्न आकार प्रकार र जातका हुन्छन् । आँपकाे उत्पादन नेपालमा असार श्रावण र भाद्र महिनामा विशेष गरेर बढी मात्रामा हुने गर्दछ । नेपालमा आँपलाई फलको राजा भन्ने चलन छ । मेरो पनि सबैभन्दा मन पर्ने फल आँप हाे ।


Read More
स्याउ
- Medhanshi Bhattarai - 33035, ... 16 August, 2023

स्याउको बिरुवा तयार गर्न सबैभन्दा पहिला हामीलाई स्याउका दानाहरू चाहिन्छन् । हामीले ती दानाहरू फल स्याउबाट लिन सक्छौँ । एउटा स्याउबाट आएको दानाहरूलाई सर्वप्रथम हामीले तयार गरिएको जमिनमा राेप्छाैँ । त्यसमा अलिकति मल र थोरै पानी हालेर केही दिनसम्म निरन्तर राख्छाैँ  र ती दानाहरू फुट्छन् । त्यसबाट साना बिरुवा निस्कन्छन् । ती बिरुवालाई हामीले लगभग दुई हप्तासम्म पानी हालेर राखेपछि तिनीहरू अलि ठुला हुन्छन् । ती बिरुवाहरूलाई सार्न छुट्टै ठाउँमा मल र माटो हालेर तयार गरिन्छ । ती ठुला भएका स्याउका बिरुवालाई एक एक गरी खल्डाे बनाएर सारिन्छ । खाल्डो बनाएर जमिनमा सारिएका  बिरुवाहरू सप्रदै तयार हुन्छन् । नेपालमा स्याउ मुख्यगरी चिसो हावापानी भएको हिमाली ठाउँमा जस्तैः जुम्ला मुस्ताङमा रोपिन्छ । माटाेमा रोपेको तीन वर्षपछि स्याउका बोटहरूले फल दिन थाल्दछन् । यसरी फलाएका स्याउ खानेबेला भएपछि टिपिन्छ र बजारसम्म बिक्री वितरणका लागि पनि लगिन्छ ।


Read More