Logo

Student Corner

Articles

मेरो दैनिक जीवन
- Shambhabi Joshi - 33020, Grad ... 21 July, 2023

म बिहान सात बजे उठ्छु । म बिहान उठेर दाँतमा माझ्छु । मुख, हात, खुट्टा धोएर ७ः३० बजे बिहानको खाना खान्छु । बिहान ८ः१५ बजे म स्कुल जान तयार हुन्छु । ८ः३० बजे म बस चढेर स्कुल जान्छु । स्कुलमा ९ः१५ मा हाम्रा कक्षाहरू सुरु हुन्छन् । तीनवटा विषयको पढाइ सकेपछि विद्यालयमा खाना खाने बेला हुन्छ । खाना खाएपछि म एकछिन आराम गर्छु । म मेरा साथीहरूसँग खेल्छु । फेरि मेरा चारवटा विषयका पढाइ हुन्छन् । चारवटा विषयका पढाइको बिचमा पाँच मिनेट खाली समय पनि हुन्छ । त्यो समयमा हामी पानी पिउने, शौचालय जाने गर्दछौँ । चारवटा विषयको पढाइ सकेपछि खाजा खाने समय हुन्छ । खाजा खाएर हामी कक्षाकोठामा जान्छौँ । अन्तिम विषयको पढाइ सकिएपछि ३ः४५ बजे मेरो विद्यालयमा छुट्टी हुन्छ । छुट्टी भएपछि म बस चढेर घर फर्कन्छु । घर आएपछि लुगा फेरेर हात मुख धोएर खाजा खान्छु । पाँच बजे खाजा खाइसकेपछि म टेलिभिजन हेर्छु । छ बजेदेखि आठ बजेसम्म म मेरो विद्यालयले दिएको गृहकार्य गर्छु । गृहकार्य सकिएपछि ८ः१५ बजे खाना खाने समय हुन्छ । ८ः३० बजे देखि ९ बजेसम्म टेलिभिजन हेर्छु । नाै बजे म मेरा सबै परिवारका सदस्यलाई शुभरात्रि भनेर सुत्न जान्छु । यसैगरी मेरो दैनिक जीवन चलिरहेको हुन्छ ।


Read More