Logo

Student Corner

दसैँ

Written by: Shubha Shree Malla - 2030040, Grade II

Posted on: 22 November, 2020

दसैँ हिन्दुहरूको एउटा रमाइलो चाड हो । याे चाड सत्यको विजय भएको खुसियालीमा मनाइने भएकाले यसलाई विजयादशमी वा बडादसैँ पनि भनिन्छ । यो पर्व सम्पूर्ण नेपालीहरूको राष्ट्रिय पर्व हाे । नेपाली संस्कृतिमा यस पर्वको विशेष महत्त्व रहेको छ । यस पर्वमा आफन्तहरू एक ठाउँबाट अर्को ठाउँमा आएर सबै आफन्त भेला भएर पूजापाठ गरेर खानपान गर्दै एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाउँछन् । दसैँकाे पहिलो दिन घटस्थापना हाे । त्यसदिन सबैले आ-आफ्नो घरको पूजा कोठामा जमरा राखी दुर्गाभवानीको स्थापना गरी जमरा राख्छन् । साथै टोल टोलका मन्दिरहरूमा दुर्गाभवानीको स्थापना गरेर पूजाआजा गरी आराधना गरिन्छ । दसैँको दशाैँ दिन मान्यजनहरूबाट टीका जमरा लगाई आशीर्वाद ग्रहण गरिन्छ । दसैँको पन्ध्राैँ  दिनमा कोजागत पूर्णिमा पर्दछ । त्यसदिन विभिन्न मन्दिरहरूमा पूजापाठ र मेला हुने गर्दछ । दसैँ विशेषगरी असोज महिनामा पर्ने हुँदा यो रमाइलो मौसम हुने गर्दछ । यस समयमा विद्यालयको छुट्टी पनि लामो हुने हुँदा साथीहरूसँग चङ्गा उडाउएर पिङ  खेलेर रमाइलो गरी दसैँ मनाइन्छ । दसैँ मेराे सबैभन्दा मन पर्ने चाड हाे ।