Logo

Student Corner

मलाई मन पर्ने जनावर

Written by: Samriddhi Shahi - 2030036, Grade II

Posted on: 19 November, 2020

 मलाई मन पर्ने जनावर कुकुर हाे । कुकुर घरपालुवा जनावर हाे । कुकुरले घरकाे रेखदेख गर्छ । मेरो घरमा  कुकुर छ । त्यसको नाम कान्छी हो । कान्छी  खैरो रङकाे छ । कान्छीले हाम्रो घरको हेरचाह गर्छ । उसले मलाई देख्यो भने रमाउँछ । मैले भनेको सबै कुरा मान्छ । तिहारमा कुकुरतिहारको दिन म उसलाई पूजा गर्छु र माला लगाई दिन्छु अनि उसलाई मन पर्ने खाना पनि खुवाउँछु । कान्छीले  दूधभात, मासुभात खान्छ । उसले हड्डी पनि टाेक्न सक्छ ।