Logo

Student Corner

Articles

मातातीर्थ औँसी
- Ruhjen Jung Khadka - 32014, G ... 15 September, 2021

मातातीर्थ औँसी नेपालीहरूको एउटा महत्त्वपूर्ण पर्व हो । यसलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आमालाई  सम्मान र धन्यवाद दिनका लागि वर्षमा एक दिन यो पर्व मनाउने गरिन्छ । यो पर्व हरेक वर्ष वैशाख शुक्लपक्ष औँसीको दिन पर्दछ । यो दिन आफ्नी आमाको मुख हेर्ने, आमालाई नमस्कार गरी आशीर्वाद लिने र मिठा मिठा खानेकुरा खुवाउने गरिन्छ । आमालाई उपहार पनि दिने गर्दछन् । आमा नहुनेले आमाको सम्झनामा सिदा दान गर्दछन् । हामीलाई जन्म दिने आमाको महत्त्व अरूभन्दा धेरै हुन्छ । त्यसैले मातातीर्थ औँसीको दिन मात्र नभएर सधैँभरि माया, स्नेह र सहयोग गरी आमाको सेवा गर्नुपर्दछ ।


Read More