Logo

Student Corner

तारा

Written by: Sarun Maharjan - 33029, Grade I

Posted on: 17 September, 2021

आहा ! कति राम्रा तारा 
टिपूँ  टिपूँ लाग्ने ।
छोडी संसार सारा 
 जाउँ जाउँ लाग्ने ।
आकाशलाई सधैँ चम्काउँछ 
खुसी मेरो मन बनाउँछ ।
 कुनै साना कुनै ठुला
 म पनि त एकदिन तारा टिप्न पुगौँला । 
मन लाग्छ ताराहरू टिपी ल्याउँ
 छुट्टै आफ्नो राम्रो संसार बनाउँ।