Logo

Student Corner

Articles

आमाको माया
- Aaron Man Pradhan - 32001, Gr ... 22 September, 2021

आमा एक महान व्यक्ति हुनुहुन्छ, जसले हामीलाई यस सुन्दर पृथ्वीमा जन्म दिनुभयाे । आमा पक्कै पनि सबैको जीवनमा सबैभन्दा महत्त्वपूर्ण हुनुहुन्छ । आमाले आफ्ना बच्चालाई धेरै माया गर्नुहुन्छ । आमाकाे तुलना कसैसँग पनि गर्न सकिदैन । आमाले आफ्ना बच्चालाई ९ महिना सम्म धेरै दु:ख, पीडा र कष्ट सहेर गर्भमा राखेर बच्चालाई जन्म दिनुहुन्छ । आमा आफ्ना बच्चालाई चोट लागकाे र उसलाई अरूले नराम्रो गरेकाे हेर्न सक्नुहुन्न । आमाले आफ्ना बच्चालाई राम्रा कुराहरू सिकाउँनुहुन्छ । मलाई मेरी आमाले मिठो मिठो खानेकुराहरू पकाएर खानदिनुहुन्छ र कथाहरू सुनाउनु हुन्छ । आमा ममताकी खानी हुन् । आमाको जस्तो माया यो संसारमा कसैले पनि गर्न सक्दैन । त्यसैले मलाई पनि मेरी आमाको  धेरै माया लाग्छ।


Read More
चिडियाखाना
- Joyana Thapa - 31010, Grade I ... 20 September, 2021

चिडियाखानामा धेरै पशुपन्छीहरू राखिएका हुन्छन् । यहाँ बाघ, भालु, गैँडा, चितुवा आदिजस्ता जनावरहरू छन् र पन्छीहरूमा सुगा, परेवा, काेइली चरी आदि पनि छन् । यहाँ माछा, सर्प गाेही जस्ता पानीमा बस्ने जनावरहरू पनि छन् । मलाई चिडियाखानामा जनावरहरू देख्दा धेरै रमाइलो लाग्दछ । उनीहरू राम्रोसँग बसेका हुन्छन् । एक आपसमा खेलिरहेका पनि हुन्छन्  । उनीहरूलाई देखेर मेरो मन रमाउँछ । चिडियाखाना मलाई घुम्न जान मन पर्ने ठाउँ हो । चिडियाखानामा जनावरहरूलाई वरिपरि तार लगाएर थुनेर राखिएको हुन्छ । त्यहाँ उनीहरूकाे खानाकाे व्यवस्था पनि गरिएकाे हुन्छ । जनावरहरू बाहिर निस्किन पाउँदैनन् ।


Read More