Logo

Student Corner

Articles

फोहोरमैला
- Shatakshi Pandey - 31029, Gra ... 22 June, 2021

हामीले प्रयोग गरेका सामानबाट निस्केका कुराहरूलाई फाेहाेर भनिन्छ । फाेहाेरमैला दुई प्रकारका हुन्छन् 
 १) सड्ने र गल्नेः हावा र पानीमा हुने जीवाणुबाट छोटो समयमा नष्ट हुँदै जाने र मलमा परिणत हुने फोहोर नै सड्ने र गल्ने फाेहाेर हुन् । सड्ने र गल्ने फोहोर हावा र पानीमा रहेका जीवाणुबाट नष्ट हुँदै जान्छन् र मलमा परिणत हुन्छन् । 
२) नसड्ने र नगल्नेः नसड्ने र नगल्ने फोहोरहरू फेरि प्रयोग गर्न सकिन्छ । धातु, काँच, पोलिथिन, नक्कली छाला, प्लास्टिक, नसड्ने र नगल्ने फाेहाेरहरू हुन् । यस्ता फाेहाेर हावा र पानीमा रहेका जीवाणुबाट नष्ट हुँदैनन् । यिनीहरू कुनै मलमा परिणत नहुने फोहोरहरू हुन् । यस्ता चिजहरू पुनः प्रयोग गर्न सकिन्छ । हामीले फाेहाेरमैला जलाउन हुँदैन । फोहोरहरू जलायाैँ भने त्यसको धुवाँले वायु प्रदूषण गर्दछ । फाेहाेरमैला व्यवस्थित गर्न हामीले फाेहाेर एउटा भाँडामा राख्नुपर्दछ । यसरी हामीले फाेहाेरमैलालाई व्यवस्थित गर्न सक्दछौँ ।
 


Read More