Logo

Student Corner

Articles

फोहोरमैला
- Presley Bhattarai - 31020, Gr ... 30 September, 2021

फोहोरमैला जथाभाबी फाल्नुहुँदैन । फोहोर ठिक ठाउँमा उचित तरिकाले फाल्नुपर्छ । हामीले फाेहाेरमैला जथाभाबी फाल्याैँ भने हामीलाई रोग लाग्न सक्छ । फोहोर नराम्रो कुरा हो । फोहोरले  वायु प्रदूषण गर्छ । हामीले चकलेटको, फलफूलको बोक्रा जताततै फाल्नु हुँदैन । फाेहाेर हामीले बाल्नु पनि हुँदैन । फाेहाेरलाई बालेमा वातावरण दुर्गन्धित हुन्छ । फोहोर दुई प्रकारका हुन्छन् सड्ने र गल्ने फोहोर अनि नसड्ने र नगल्ने फोहोर । सड्ने र गल्ने फोहोर  हामीले मल बनाएर पुनः प्रयोग गर्न सक्छौँ । नसड्ने र नगल्ने  फाेहाेरलाई  हामीले पुनः प्रयोग पनि गर्न सक्छौँ । फोहोरलाई सकेसम्म गाड्नु पनि हुँदैन । गल्ने फोहोरमैला मात्र गाड्नुपर्छ ।


Read More