Logo

Student Corner

फूल

Written by: Prashuv Adhikari - 32011, Grade II

Posted on: 16 September, 2021

 हामी फूल घर वरिपरि, बगैँचामा, बारीमा, गमलामा रोप्छौँ । हामीले फूल रोपेपछि फूललाई सधैँ पानी हाल्नुपर्छ । फूल हुर्कदै गएपछि यसमा कोपिलाहरू फक्रन थाल्छन् । फूलहरू रङ्गीचङ्गी हुन्छन् । फूलहरू धेरै प्रकारका हुन्छन् । फूलमा पुतली र माहुरी आएर बस्छन् । माहुरीले फूलकाे रस चुसेर मह बनाउँछन् । फूलहरू फुलेका देख्दा हामी सबैलाई खुसी लाग्छ । हामी सबैले हाम्रो घरमा फूल लगाउनुपर्छ । फूल लगाउन फूलबारी नभए गमलामा पनि फूल रोप्ने बानी बसालौँ ।