Logo

Student Corner

अनुशासन

Written by: Siddhartha Chaulagain - 30033, Grade IV

Posted on: 26 January, 2022

अनुशासनले हाम्रो जीवनमा एक महत्वपूर्ण भूमिका निभाएको हुन्छ। अनुशासन भन्नाले आफ्नो काम समयमा गर्नु , नियमको पालन गर्नु ,सानालाई माया र ठुलालाई आदर सत्कार गर्नु 
भन्ने बुझिन्छ।

अनुशासन सबै क्षेत्रमा उतिकै महत्वपूर्ण हुन्छ। जसरी एउटा विद्यार्थी स्कुल जानु अघि आफ्नो सफा कपडा  ,आफ्नो झोला ,किताब कापी,बोकेर जान्छ र स्कूल भित्र प्रवेश गरिसके पछि स्कूलको पढाइ , स्कुलको नीतिनियमको पालन गर्दछ ।अनुशासन भन्ने कुरा  घर परिवार ,स्कूल देखि लिएर  अन्य ठाँउ बाट पनि सिक्न सकिन्छ। अनुशासनले मानिसलाई सही मार्ग दर्शन गराउँदछ। हामीले अनुशासनको पालन गरेमा आन्तरिक तथा वाह्य रूपमा धेरै  फाइदा हुन्छ । अनुशासन भित्र थुप्रै कामहरु पनि पर्ने गर्दछः जस्तै समयमा उठ्नु, समयमा घरको काम गर्नु ,  आफ्नो सामानको जतन गर्नु , सबै सँग मिलेर बस्नु भन्ने बुझिन्छ। अनुशासनले हामीलाई आफ्नो लक्ष्यमा पुग्न मद्दत गर्दछ भने सही र गलत के हो? भनेर छुट्याउन पनि ठुलाे मद्दत गर्दछ।। अनुशासनले मानिसलाई माया प्रेमको भावना प्रस्फुटन गराउँछ, आदर सत्कार गर्न सिकाउँदछ, इमान्दार, आत्मा निर्भरतका साथै एउटा सफल भविस्यको पनि निर्माण पनि गराउँदछ। अनुशासनले सामाजिक , मानसिक र शरिरिकरुमा पनि स्वास्थ्य बनाउँछ। यदि हामीले अरुलाई माया नगर्ने , सम्मान नगर्ने ,भनेको कुरा नमान्ने गरेमा त्यस्तो अवस्थामा कसैले पनि हामीलाई आदर,सम्मान गर्दैन र सफलता हासिल गर्न सकिदैन। त्यसैले हामी अनुशासनको पालन सधैं सबै ठाउँमा गर्नुपर्दछ। अनुशासन को पालन गरेमात्र हामी हाम्रो लक्ष्यमा पुग्न सकिन्छ अनि सबैको लागि असल मान्छे बन्न सकिन्छ।

त्यसैले अनुशासित बन्नु हामी सबैको लागि अनिवार्य आश्यकता बनेको छ। अनुशासनले नै जीवनमा सफतापूर्वक बाँच्न सिकाउँछ ।