Logo

Student Corner

खुट्टा गन्ने खेल

Written by: Sambhavya Pandey - 30027, Grade IV

Posted on: 18 February, 2022

परिचय

याे खुट्टा गन्ने खेल पुस्तक विज्ञान चित्रकथामा आधारित पुस्तक हाे । याे पुस्तक ध्रुव घिमिरेले लेखेका हुन् । यसका चित्रकार अनुकुल गुरुङ हुन् । यस पुस्तकलाईराताे बङ्गला किताबले प्रकाशन गरेकाे हाे । 
पात्रहरू
यस कथामा मानवीय पात्रहरू रमा, छिरिङ,यादव र बुद्ध छन् भने अमानवीय पात्रहरूमा माहुरी,झिँगा, लामखुट्टे, साङ्ला,माकुरा,गँगटाे,झुसिलकिरा,कनसुत्लाे ,खजुराे र अरिमुठे छन् । त्यस्तै गाैँड पात्रमा बुद्धका मामालाईपनि प्रस्तुत गरिएकाे छ । 
कथावस्तु
यस कथामा चारजना साथीहरू छन् । उनीहरूकाे नाम रमा, छिरिङ,यादव र बुद्ध हाे । उनीहरूकाे परीक्षापछि वर्षे बिदा भएकाे बेलामा मिलेर खेल्दछन् । बुद्ध चाैरमा थाकेर पल्टिएका बेलामा रमाले कानमा कन्सुत्लाे पस्ला भन्छिन् । कन्सुत्लाे भनेकाे के हाे भनेर यादवले साेधेपछि किराहरूका खुट्टा गन्ने खेल खेल्न सुरू गर्छन् । जसमा धेरै खुट्टा भएकाे कीराे भेट्ने राजा हुने नियम हुन्छ । बुद्धले घरबाट मामाले ल्याइदिएकाे आइग्लास लिएर आयाे र सबैले किरा खाेज्न थाले। उनीहरूले माहुरी,माकुरा,गँगटाे,झुसिलकीरा कन्सुत्लाे र अरिमुठे आदिका खुट्टा गनेर पालैपालाे राजा हुन्छन् । अन्त्यमा अरिमुठेकाे खुट्टा गन्न धेरै गाह्राे भयाे र भाेलिसम्मका लागि अरिमुठे खाेज्ने यादव नै राजा भयाे । 
परिवेश
याे कथा गाउँले परिवेशमा छ । चार जना साथीहरूका घर ,उनीहरूका विद्यालय,बुद्धकाे घरअगाडिकाे ठुलाे चाैर,बगैँचा आदि मुख्य परिवेशका रूपमा आएका छन् । 
निष्कर्ष/सिफारिस
खुट्टा गन्ने खेल कथा चित्रकथामा आधारित कथा हाे । विज्ञान चित्रकथा भएकाले ज्ञानवर्धक पनि छ । त्यसैले हामीजस्ता बालबालिकालाई याे कथा पढ्न सिफारिस गर्छु ।