Logo

Student Corner

वाष्प इन्जिन ( कथा समीक्षा)

Written by: Sakshi Singh - 29027, Grade V

Posted on: 18 February, 2022

परिचय
यो कथा बाल कथा हो।  यस पुस्तकको लेखक तारानिधि भट्टराई हुन् ।  शिखा पुस्तकले प्रकाशन गरेको याे पुस्तकमा  तस्बिर प्रज्वल थापा मगरले बनाएका हुन् ।वाष्प इन्जिन कथासङ्ग्रह पुस्तककाे नाम यसै कथाबाट राखिएकाे छ ।

कथावस्तु
बिहान राहुलकी आमा काममा जाँदा आलु उमालेर हिटर हालेर काममा गइन् । आलु बिर्कोले छोपिएको थियो।  आमाले राहुललाई भाेक लागेकाे बेलामा स्वीच अन गरेकाे पन्ध्र मिनेटपछि बन्द गरेर खानु भनेर छाेडेकी थिइन् । भाेक लागेपछि राहुलले बटन अन गर्याे तर एकछिन पछि  बिर्को उचालिने र थचारिने गर्न थाल्याे ।  त्यसपछि उनी डराएर निनामको घरमा गएर उनलाई बोलाए । निनामले कराइमा मुसाे हाेला भन्ने अनुमान लगाए। बिर्काे भित्र केही पनि थिएन । उनीहरूले बैठकमा बसेर आलु खान थाल्छन् । आलुका बाेक्रा पङ्खाले उडाएकाे देखेर कराइकाे बिर्काे पनि हावाले उचालेकाे कुरा उनीहरूले पत्ता लगाए । उनीहरूले कराइमा आलु राखेर फेरि स्विच अन गरेर प्रमाणित पनि गरे । जब आमा आउनुभयाे उनीहरूले दिनभरिका सारा कुरा भने । आमाले पनि डिजेल,पेट्राेल नआउँदा वाफबाट रेल, पानीजहाज चलाइन्थे भनेर सुनाउनुभयाे । उनीहरू पनि आफूहरूले नयाँ कुरा आफैँ पत्ता लगाएकामा मख्ख परे।
परिवेश
वाष्प इन्जिन कथामा राहुल र निनामकाे गाउँ,उनीहरूका घर, आमाकाे मेला जाने ठाउँ, राहुलकाे बैठककाेठा,भान्छाकाेठा परिवेशका रूपमा आएका छन् । 
सिफारिस
याे कथामा राहुल र निनामले हावामा शक्ति हुन्छ भन्ने कुरा पत्ता लगाउँदै गर्दा आएका राेचक प्रसङ्गले गर्दा कथावस्तु आकर्षित बनेकाे छ । त्यसैले सबैलाई याे कथा पढ्न सिफारिस गर्दछु ।