Logo

Student Corner

पानीप्रमी त्रिमूर्ति कथा समीक्षा

Written by: Aarjan Khadka - 29003, Grade V

Posted on: 22 February, 2022

परिचय:
पानीप्रेमी त्रिमूर्ति कथाको लेखक प्रा. डा. तारानिधि भट्टराई हुन् । यो कथाका चित्रकार प्रज्वल थापा मगर हुन् । पानीप्रेमी त्रिमूर्ति कथा वाष्प इन्जिन कथासङ्ग्रहको एउटा कथा हो । 'वाष्प इन्जिन्' शिखा बुक्स बाट प्रकाशन गरिएको हो । यो कथामा तिन जना साथी हरुले कुवाको पानी किन नुनिलो भएको र त्यसलाई कसरी सफा पार्न सकिन्छ भनेर छलफल गरेको कुरा देखाइएको छ ।

पात्रहरू:
यो कथाका प्रमुख  पात्रहरू मिसायल, निशा र नेहा हुन् । विद्यालयका शिक्षकशिक्षिका , उनीहरुका बुवाआमा,जनप्रतिनिधि, मिसायलका मितबुबा  यस कथाका सहायक  पात्रहरू हुन् ।

कथावस्तु:
मिसायल, निशा र नेहा कक्षा ४ का सहपाठी हुन् र स्कुल पनि सँगै आउने जाने गर्छन् । उनीहरुलाई कुवा, झरना र नदीका पनि एकदमै मन पर्छ । स्कुल जाने बाटोमा अग्लो कान्लाको फेदमा एउटा कुवा छ र परतिर वरपीपलको एउटा चौतारा पनि छ । शुक्रबार कुवाको पानी पिउँदा पानीको स्वाद केही फरक थिएन तर त्यो दिन भने स्कुलबाट फर्कंदा उनीहरुले त्यहाँको पानी पिउँदा पानी नुनिलो थियो । उनीहरु पानी किन नुनिलो भयो भन्दै उनीहरु ठाडो उकालो दौडिँदै कान्लामाथि गए । त्यहाँ एउटा माछापोखरी थियो र त्यहाँको पानी पनि नुनिलो थियो । उनीहरुले पोखरीको पानी कसरी कुवासम्म पुग्यो भनेर थाहा पाउन सकेनन् । नेहाले पानीले मुख कुल्ला गरिन् र त्यो पानी जमिनभित्र छिरेर गयो त्यसरि नै पोखरीको पानी पनि कुवामा छिरेको हुनुपर्छ भनेर निशाले भनिन् । यसरी नुनिलो पानीले बिरामी पार्छ र खतरनाक कुरा भएकोले उनीहरुले आफ्नो बुवाआमा र शिक्षकहरुसँग कुरा राखेर अर्को दिन बैठक बसाइयो । बैठकले जमिनभित्रको पानीलाई प्रदुषित नगरी बालीनालीमा विषादी र रसायनिक मल प्रयोग गर्ने विधिबारे र कुवाको प्रदूषित पानीलाई शुद्ध बनाउन जिल्लाबाट विज्ञ झिकाउने छलफल गरे । मिसायल, निशा र नेहालाई पनि राम्रो कुरा पत्ता लगाएको भनी फुलमाला लगाएर सम्मान गरियाे र स्कुलमा निःशुल्क पढाउने निर्णय स्कुलको प्रधानाध्यापकले गर्नुभयो ।उनीहरूलाइ पानी प्रेमी त्रिमूर्तिकाे उपाधिसमेत दिइयाे ।

परिवेश:
पानीप्रेमी त्रिमूर्ति कथामा उनीहरुको घर, स्कुल जाने बाटोमा भएको अग्लो कान्लाको फेदमा रहेको एउटा कुवा र स्कुल स्थलगत परिवेशको रुपमा आएको छ । यो कथामा भएको सबै घटना बाह्र घण्टामा घटेको अनुमान गर्न सकिन्छ ।

सिफारिस वा निष्कर्ष:
म यो पुस्तकलाई सिफारिस गर्छु किनभने यो पुस्तकले हामीलाई आफू नजिकको नदी, कुवा, झरनाको पानी सफा राख्नुपर्छ र त्यसमा केही फोहोर भए सबैसँग छलफल गरेर त्यसलाई सफा गर्नु पर्छ भन्ने कुरा सिकाउँछ ।