Logo

Student Corner

मेराे जन्मदिन

Written by: Kabya Satyal - 30042, Grade IV

Posted on: 09 March, 2022

मेराे जन्मदिन फागुनकाे १० गते हाे । २०७८ सालकाे जन्मदिन मैले केके काम गरेँ भनेर यहाँ लेख्दै छु । म बिहानकाे ७ बजेतिर उठेँ , नुहाईधुवाई गरी म पूजा गर्न पूजाकाेठामा गए । पूजा गरेँ । विद्यालय जान हतार भएकाले मैले फटाफट खाना खाएँ । आमाले मलाई विद्यालयका साथीहरूलाई जन्मदिनकाे उपलक्ष्यमा चकलेट बाँड्नु भनी दुइ पाेका चकलेट पनि दिनुभयाे । म विद्यालयका  पुगेर सबै साथीहरूलाई चकलेट दिएँ । साथीहरूले पनि शुभकामना  दिए । विद्यालयका सम्पूर्ण शिक्षक र शिक्षिकाहरूलाई पनि चकलेट दिएँ । उहाहरूले मलाई आशीर्वाद दिनुभयाे । 

विद्यालयमा मलाई बाबा लिन आउनुभयाे । म घर पुगेँ, खाजा खाएर मेरा घर वरिपरिका साथीहरूलाई मेराे जन्मदिन मनाउनका लागि निम्ताे दिएँ । सबै साथीहरू मिलेर बेलुन फुल्यायाैँ। अरू तयारी मेरा बाबाआमाले गर्दै हुनुहुन्थ्याे । साँझ करिब ६ बजेतिर केक काट्ने कार्यक्रम थियाे । सबै आफन्त र साथीहरू जम्मा भएपछि  केक काटेँ । सबैले मिलिजुली केक खायाैँ । मलाई सबैले आशीर्वाद र शुभकामना दिनुभयाे । खाना खाइसकेपछि सबैजना आआफ्नाे घर जानुभयाे । मेराे जन्मदिन निकै रमाइलाे भयाे ।