बालअधिकार भनेको बालबालिकाको अधिकार हो। यो अधिकार सबै बालबालिकाले पाउनुपर्छ। यसै अधिकारको नाममा बालदिवस पनि मनाइन्छ। यो दिवस भदौ २९ गते मनाइन्छ। बालअधिकार विपरीत कामहरू जस्तै पिट्ने, हप्काउने, गाली गर्ने आदि गर्नुहुँदैन। बालबालिकाप्रति माया देखाउनुपर्छ। त्यसैगरी बालबालिकाले खान, लाउन, बस्न खेल्न आदि पनि पाउनुपर्छ। यी कुराबाट बालबालिकालाई वञ्चित गराउनुहुँदैन। सबै मानिसले बालबालिकाप्रति माया जगाएर बालअधिकारका तथा बालबालिकाको हकको लागि आवाज उठाउनुपर्छ। सानैबाट बच्चाहरूले बालअधिकारकाे हक पाएनन् भने भविष्यमा देश पनि बिग्रिने सम्भावना हुन्छ। गरिब तथा दुःखी बच्चाहरूलाई सहयोग गर्नु हामी सबैको कर्तव्य हो। बालबालिका बिरामी हुँदा ठुला मानिसले हेरचाह गर्नुपर्छ। १८ वर्ष उमेर नपुगेका किशोर किशोरीहरूलाई नेपालको कानुनी मान्यताअनुसार बालबालिका भनिन्छ। यो उमेर भनेको बालबालिकाको पढ्ने, खेल्ने, मनोरञ्जन गर्ने आमा बुबाको पूर्णतया माया पाउँने विद्यालय जान पाउने उमेर हाे तर दुर्भाग्यवश बालबालिकाहरू ग्रामीण समाजमा आर्थिक अवस्थाका कारण विद्यालय जान पाएका छैनन् । खेल्ने र रमाउने उमेरमा उनीहरू अर्काको घरमा भाँडा माझ्ने कारखानामा मजदुरी गर्ने बाटाका फाेहाेरहरू टिपी आफ्नो दैनिकी गर्ने आदि काम गर्न बाध्य छन्। वास्तवमा यो निकै गलत हो। उनीहरूलाई मनोरञ्जन भन्ने कुरा निकै परको कुरा भएको छ । वास्तवमा यसरी बालबालिकाहरूलाई मजदुर बनाउनुहुँदैन यो त कानुनभन्दा ठिक विपरीत कुरा हो । उनीहरूलाई घरको आर्थिक अवस्था कमजोर छ भने सरकारले निःशुल्क शिक्षा दिने व्यवस्था गर्नुपर्छ । उनीहरूलाई खेल्ने कुद्ने व्यवस्था गर्नुपर्छ। त्यतिमात्रै होइन कति बाल-बालिकाहरू अपहरित भएर होटलहरूमा काम गरिरहेका छन्, भने कति बालबालिकाहरू मुम्बइको कोठीमा बेचिएका छन् । निर्मला पन्त, भागिरथी आदि लगायतका बालिकाहरू बलात्कृत भएर मृत्युको मुखसम्म पुग्न विवश भएका छन् । देशकाे कानुन कमजोर भएका कारण दाेषीहरूले सजाय पनि पाएका छैनन् । नेपालको पश्चिमी भेगमा १०/ ११ वर्षका साना साना बालबालिकाहरू महिनावारी हुँदा छाउगोठमा बस्न विवश छन् । छाउगोठमा बस्दा उनीहरू सर्प बिच्छी जस्ता विषालु किरा अथवा जनावरहरूले डसी मर्न पुग्छन् र उनीहरू अकालमै मृत्युको मुखमा पुग्नुपर्ने अवस्था छ । उनीहरूलाई अँध्यारो कोठामा राख्दा कति बालिकाहरूको त डरले गर्दा आफ्नो मानसिक अवस्था नै कमजोर हुन पुगेकाे छ । वास्तवमा यस्ताे गर्नुहुँदैन । अन्धविश्वासका कारण आफ्ना छोरीहरूलाई अकालमै गुमाउँन विवश बनाउने यस्ता आमा बुबाहरूलाई पनि उचित शिक्षादीक्षा दिएर र कठोर कानुन बनाएर यस्ता नकारात्मक प्रवृत्तिहरूलाई हटाउन आवश्यक छ । आजका बालबालिकाहरू भाेलिका देशका भविष्य हुन् ।भोलिका देशका भविष्य र खम्बा आजका बालबालिकाहरूले उचित शिक्षादीक्षा राम्रो संस्कार पोसिलो खाना पाएनन् भने भोलिको देश पनि राम्रो हुन सक्दैन । त्यसैले बालबालिकाहरूलाई पोसिलो खानेकुरा हुनु उत्तिकै आवश्यक रहेको छ । त्यसैले उनीहरूको मनोबल बढाउँन बेलाबेलामा खेलकुद, मनोरञ्जन, घुमघाम जस्ता कुराहरूमा पनि सहभागी गराउनुपर्छ, जसले गर्दा उनीहरूको शारीरिक र मानसिक विकासमा ठुलो सहयोग पुग्छ ।
बालबालिकाहरूलाई नयाँ नयाँ सिर्जनात्मक कार्यहरूमा पनि सहभागी गराउन आवश्यक छ उनीहरूका नयाँ नयाँ सिर्जनाहरूले नै भोलिको देश सिर्जनशील उर्जाशील र परिवर्तनशील हुन सक्छ । बालबालिकाहरूका लागि सुरक्षित ठाउँमा बस्न पाउने पनि एउटा अधिकार हो । आजका बालबालिकाहरू असुरक्षित भए भने उनीहरूको मानसिक अवस्थामा असर पर्न सक्छ त्यसैले उनीहरूलाई अभिभावकको साथमा सुरक्षाको अनुभूति गराई बस्न पाउनु आवश्यक छ। कतिपय बालबालिकाहरू अपहरणमा परी अकालमै ज्यान गुमाउनुपरेको छ त्यसैले अभिभावकले राम्रो रेखदेख गर्नु र सुरक्षाको अनुभूति गराई विद्यालय लाने घर ल्याउने अनि एक्लै नछोडिदिने जस्ता कुराहरूमा ख्याल गर्नु आवश्यक छ । बालबालिकाहरूलाई तँ यस्तो उस्तो भनेर गालीगलाैज गर्नुहुँदैन । साना साना बालबालिकाहरूलाई एक्लै छाड्नु पनि हुँदैन एक्लै छाड्दा उनीहरूको अप्ठ्याराेमा पर्न सक्छन् । त्यसै गरी उनीहरूले कहिलेकाहीँ मनोरञ्जन पनि खोज्छन् मनोरञ्जनका लागि उनीहरूलाई मोबाइल, ल्यापटप जस्ता साधनहरू मात्र दिएर समय बिताउन लगाउनुहुँदैन । यस्ता कार्यले गर्दा उनीहरूको स्वास्थ्य अवस्था पनि बिग्रन्छ, त्यसैले उनीहरूलाई खुला ठाउँमा शारीरिक अवस्था बलियो हुने तरिकाले खेल्न, कुद्न र रमाइलो गर्न छाडिदिनु आवश्यक छ । आजका बालबालिकाहरू असल भए भने मात्र भोलिको परिवार समाज र राष्ट्र असल बन्न सक्छ । असल बनाउनकै लागि उनीहरूलाई असल संस्कार दिनु आवश्यक रहेको छ । आज फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जालले गर्दा बालबालिकाहरूलाई नकारात्मक साेचतिर लगिरहेका छन् । त्यसैले अभिभावकले आफ्नो सन्तान कुन बाटोतिर जाँदै छ, कस्ता खालका साथीको सङ्गत गर्दै छ भन्ने कुरालाई ख्याल गरेर सबै असल मार्गदर्शक बन्नुपर्ने हुन्छ । कति बालबालिकाहरू सानै उमेरदेखि लागुपदार्थ सेवन गरेर आफ्नो जीवन बर्बाद गरिरहेका छन् ।त्यसैले बालबालिकाहरूलाई खराब सङ्गतले बिगार्ने हुँदा सही गलत निर्णय गर्न सक्ने नहुँदासम्म आफूले धेरै समय दिनु आवश्यक छ । त्यसैले बालबालिकाहरूलाई आफ्नो साथमा राखेर, उचित शिक्षादीक्षा दिएर, बेलाबेलामा मनोरञ्जन, गराएर पोसिलो खाना खुवाएर उनीहरूको भविष्यका लागि निरन्तर खट्नुपर्दछ ।
काग र कोइली एउटा जङ्गलमा काग गुँड बनाएर बस्थे । एक दिन तिनीहरूले सँगै अन्डा पारे । कागले आफ्नो अन्डा काेरल्याे र बच्चा हुर्कायो तर काेइलीले भने आफ्नो बच्चा हुर्काउन सकेन । कोइलीले विचार गर्याे मैले अन्डा पारेपछि काेइलीको गुँडमा लगेर राखिदिन्छु अनि काेइलीलाई अनि म नोकर बनाएर मेरो बच्चा हुर्काउन लगाउँछु । त्यसपछि फेरि काग र कोइलीसँगै अन्डा पार्ने हुन्छन् । अन्डा पारेपछि कोइलीले आफ्नो अन्डा कागको गुँडमा लगेर राखिदिन्छ । यो कुरा कागले पत्तो पाउँदैन पछि कोइलीका बच्चा चिनिन थाल्छन् । त्यसपछि कागले अन्तै गुँड बनाउँछ । कोइलीले पनि कागकाे छिमेकमै गएर फेरि गुँड बनाउँछ । भनिन्छ आजकाल पनि कागले काेइलीका अन्डा हुर्काउँछ । कोइलीले कुहूँ…कुहूँ.. गरेर कराएको मेरा आमा बुबाको हो ? भन्न खोजेको हो भन्ने विश्वास छ ।
An old man was telling a story to his grandchildren about an old man, and the story went like this: A poor man in a village was looking for a job. He had four children, and his wife had passed away. He had barely any money left to feed his family.
He was walking from door to door to find a job, and everyone rejected him. One day he found a wallet full of money and an identity card. He knew who it was and recognized the owner as soon as he looked at the card. At first he thought of taking the money and then he realised it is wrong to take others' money. So, he decided to go to the owner’s house and returned the wallet to him. He did the same. The owner was very happy, and he gave the poor man enough money to feed his family and also offered a well-paying job. After that, he could keep food on the table for his family. The moral is that we should not give up and always be honest.
Fish are aquatic animals. There are different types of fish, like neon tetra, goldfish, sharks, and many more. They have different colours. The majority of fish are found in the sea, ocean, and rivers. Aquariums can house fish, but they must also house heaters, oxygen, water, and lighting.
एउटा गाउँमा रामु नामको एउटा केटाे थियो। सबै मानिसले उसलाई सधैँ भेदभाव गरिरहन्थे । ऊ कुनै काम गर्न जाँदा वा कुनै सामान लिन जाँदा उसलाई रिस उठाउँने र गाली गर्ने गर्थे । एकदिन धारामा “रामु तिमीले पानी हाम्राेपछि मात्र लिन सक्छौ’’ यस्ता खाल्का वचन गर्थे। पहिला उसको किसानलाई पानी भर्न देऊ । एकदिन उसले एक जना बुढो मानिसलाई देख्यो । जसलाई गाउँलेहरूले भेदभाव गरेका थिए । ऊ उसलाई मद्दत गर्न गयो तर गाउँले पनि उसलाई देखेर हाँस्थे, किनभने ऊ गरिब केटा थियो । बुढा मान्छेले कामकाे अवस्था र ठाउँको अवस्था सोधे । उनले भने कि गाउँलेहरू सधैँ गरिब वा तल्लो जातको मान्छे देख्दा यस्तो अपहेलना गर्छन् । उनीहरूलाई नभन्नु तर गाउँलेहरूले पनि जिस्क्याउँछन् । एकदिन त्यस गाउँमा एउटा केटाे आयो । उसले राम्रो लुगा लगाएको थियो । त्यसैले गाउँलेहरू उसको नजिक गए, अभिवादन गरेर सोधे ‘के हो तिम्रो नाम ? उसले जवाफ दियो पल गाउँलेले भने, 'तिमी यहाँ किन छौ कसैले मेरो बुबालाई लिएर गएको छ । गाउँलेले भने ' तिम्राे बुबाको नाम के हो ? पल उसले जवाफ दियाे । मानिसलाई सानाे छ भनेर अनि गरिब छ भनेर हेप्नुहुँदैन । समयले घुँडा टेक्न सक्छ । सबै जना उसलाई हेर्न थाले । रामु आफ्नो घर गएर बुबासँग सहरमा जानुहोस् त्यहाँ भेदभाव हुँदैन भन्न थाल्याे । उसले भगवानलाई धन्यवाद दिँदै आफ्नो सहर जाने निर्णय सबैलाई सुनायाे । उसले साथीलाई फोन गर्याे । अनि रमेश गएर यो हाम्रो गाडीमा राख । गाउँलेले उसलाई माफी दिइसके । हाम्रो उपचारको लागि रामुले माफी माग्यो र माफी पायाे पनि । तिमीहरूले ममाथि भेदभाव गरेको बेला कसैले मलाई मद्दत गरेकाे थिएन । तिमीहरू सज्जन छैनाै । कथाले कर्मको नैतिकता सधैँ सिकाउँछ ।
‘कालाे माला’ पुस्तकका लेखक मधुसूदनप्रसाद घिमिरे हुनुहुन्छ । यो पुस्तक हामीले कात्तिक महिनामा पढेका थियौँ । यस पुस्तकभित्र छवटा कथाहरू छन् । यसका सबै कथाहरू एकदमै सरल र रमाइला छन् । बुझ्ने भाषा पनि निकै सरल छ । यस किताबभित्र सबै चराहरूका दन्तेकथा छन् । कालो माला पुस्तकका कथामा धेरै रङ्गीचङ्गी चित्रहरू पनि छन् । यस कथामा नैतिक शिक्षा पनि दिइएको पाइन्छ । मलाई यस किताबभित्रका कथाहरूमध्ये ‘काग र कोइली’ कथा धेरै मन पर्याे किनभने यस कथाले हामीलाई राम्राे शिक्षा दिएको छ । काग र कोइली कथामा कागले कोइलीका बच्चा हुर्काउँछ तर कागले आफूले काेइलीका बच्चा हुर्काएको भन्ने थाहा पाउँदैन । जब काेइलीका बच्चा ठुला हुँदै जान्छन् रङ परिवर्तन हुँदै जान्छ अनि मात्र कागले कोइलीको बच्चा हुर्काएको रहेछु भन्ने चाल पाउँछ । कागले आफूलाई निकै बाठा ठान्दछ तर काेइलीले झुक्याएको उसले थाहा पाउँदैन आजसम्म पनि कागले काेइलीका बच्चा हुर्काउँछ भन्ने चलनचल्ती रहेको छ ।
Money is a valuable object that is used to buy and sell things. It is just a piece of paper with unique designs made by a country's bank. If somebody asks if money can buy happiness? The answer can depend on different personalities, which we all need to respect and accept. Personally, I think that money can buy you happiness.
Based on research, most families around the globe with a yearly income of over $300,000 agree that money can buy you happiness. Your income can impact your happiness levels, according to studies. After all, money fulfils our basic needs like food, shelter, clothes, and more.
Some may strongly disagree, but let us be honest. Does money hurt your feelings? No, right? People say love and happiness are the best feelings on earth, and those who experience them are the luckiest people. But have you ever met poor people? Have you seen them smiling? If love was the best feeling on earth, then would a poor person be able to fulfil their basic needs? If happiness was all you needed in life, then poor people would be the happiest, and the wealthy would be sad. If you are madly in love with your family, and you have no food to eat or no shelter to rely on, what are you going to do?
In conclusion, I believe that money can buy you happiness. While money may not be the only source of happiness, it can certainly contribute to it. Money can help fulfil our basic needs and provide us with security and comfort. It is up to us to strike a balance between our material and emotional needs and find happiness in both.
Magazines are electronic communication means. Magazines give us information that we don’t know about. It also gives us news. We can also learn many new words from it. We can get new information from the magazine. Magazines are one of the techniques for gathering information. It is generally published on a regular schedule. in magazines containing a variety of content. The magazine is generally published on a regular schedule. magazines containing a variety of content. The magazine is generally published weekly, quarterly, and monthly. We can read different articles published in magazines. Different advertisements are distributed in some magazines. There are also pictures of celebrities and a variety of other products.
आज कस्तो घमाइलो दिन, मौसम पनि कति राम्रो सविता– सोनमले भनी । ‘अँ आज त विद्यालयमा परीक्षा छ नि, तर यस परीक्षामा हाम्रो गुरुआमाले विशेष तरिकाले परीक्षा लिनुहुँदै छ । जसमा तीनवटा काम पूरा गर्नुपर्ने हुन्छ तर हाम्रो परीक्षाकाे दिनमा एक जना विद्यार्थीले मात्र दिन पाउँछ, तर म आजको लागि चाहिँ तयार छैन’– सविताले भनी ।
उनीहरू दुवै जना पृथ्वीभन्दा बाहिरको लोकमा बास गर्दथे । उनीहरूको पखेटा थियो, उनीहरू
उड्न सक्थे। आफूलाई मन लागेको ठाउँमा जान सक्थे, साथीहरू मिलेर धेरै रमाउँथे । आज उनीहरू ठिक समयमा विद्यालय पुगे । केही क्षणमा घण्टी पनि बज्यो र उनीहरू दुवै जना कक्षाभित्र हतार हतार पखेटा फटफटाउँदै पुगे । कक्षामा सबैजना भित्र बसिसकेका रहेछन् । कक्षा कोठामा एकदमै हल्ला थियो ।
केही क्षणमा रविना गुरुआमा आउनुभयो र कक्षा शान्त भयो । सबै परीहरूको हाजिरी लिइसकेपछि आजको परीक्षा कसरी लिइने हो, त्यसका नियमहरू के के हुन् भन्ने विषयमा सबै विद्यार्थीहरूलाई जानकारी गराउनुभयो । विद्यार्थीहरूले कुनै कुरा नबुझेका छन् कि भनेर प्रश्न सोध्न आग्रह पनि गर्नुभयो । तर, कुनै पनि परी विद्यार्थीहरूले फखेटा फटफटाएनन् ।
आजको परीक्षाको पहिलो परीक्षार्थी छनौट गर्नमा रविना गरुआमा विद्यार्थीहरूलाई हेर्दै हुनुहुन्थ्यो । तर, सविता भने मलाई बोलाइदिए हुन्थ्यो भन्दै मनमनै प्रार्थना गरिरहेकी थिइन् । नभन्दै गुरुआमाले सवितालाई नै छान्नुभयो ।
सविता अगाडि जानुभन्दा पहिले उसले आफ्नो मिल्ने साथी सोनमलाई मेरो लागि राम्रो गर्न सकोस् भनेर प्रार्थना गर है भनिन् । त्यति भनेर सविता आफ्ना जादुको लठ्ठी लिएर बाहिर निस्कन के लागेकी थिइन् तब गुरुआमाले रोकिन् ।
गुरुआमा रविनाले भन्दै हुनुहन्थ्यो–‘तिमी कहाँ जान लागेको ? तिमीलाई त मैले तिमीले के गर्ने भनेर भनेको नै छैन ।’
सविता रोकिइन्, रविनाले कागजमा लेखेको तीन वटै कामहरू पढिन् । जसमा मुस्ताङमा एक सानी केटी जसको नाम एलिसा हो । उनी ठूलो कार्यक्रममा सहभागी हुन जानुपर्ने छ । उसको काम बाँसुरी बजाउने हो तर उसको त्यस कार्यक्रममा गएर बाँसुरी बजाउन लागेको पहिलो पटक हो । त्यसैले उनी एकदमै डराइरहेकी छिन् र जान पनि मन गरिरहेकी छैनन् । तिम्रो जादुको लठ्ठीको प्रयोग गरेर, उनको मनोबल बढाएर आउनुपर्ने छ । तिमी परी भएर पृथ्वीमा बसिरहेका र मनोबल कमजोर भएकाहरूको मनोबल बढाउँदै उनीहरूलाई मन परेको राम्रा कामहरूमा सहयोग गर्नुपर्छ भनेर गुरूआमाले भन्नुभयो ।
जब गुरुआमाले सबै कुरा सवितालाई भनिन् तब सवितालाई मन नपराउने अर्की परी श्रुती जो परीहरूकी रानी घरमा काम गर्ने सुसारेकी छोरी थिइन् । उनले सविताको मनोबल घटाउन तिमीले त यस्तो काम गर्नै सक्दैनौ, तिमी त्यहाँ नजाउ भनिन् । तर सोनमले सविताको मनोबल बढाउन, श्रुतीलाई भनी–‘तिमी त कस्तो अरूलाई प्रोत्साहन गरेर मानव सेवामा लाग्न हौसला प्रदान गर्नुपर्नेमा हतोत्साहित गर्ने रहेछौ । सविताले सबै काम गर्न सक्छ बरु सायद तिमी दरवारभित्र बसेर मानव सेवा गर्नुपर्छ भन्ने कुरा बिर्सेको जस्तो लाग्यो । तिमी त एकदमै उल्लु रहेछौ ।’
यति कुराकानी रविना गुरुआमाले सुनिरहनुभएको थियो । त्यसपछि गुरुआमाले भन्नुभयो– ‘तिमी सायद आफ्नो कार्य समयमा नै गरेर फर्किन्छौ भन्ने अपेक्षा लिएका छौँ । तिमीले मानव सेवामा आफ्नो सबै शक्ति प्रयोग गरेर सफलता हात पारेर फर्किन सक भन्ने शुभकामना ।’
त्यसपछि सविता परी आफ्नो लोकबाट पृथ्वी लोकमा रहेको मनाङ भन्ने ठाउँको लागि आफ्नो पखेटा फट्फटाउँदै, हातमा जादुको लठ्ठी लिएर हिँडिन् ।
Not that long ago, on a winter day, a little girl named Emma sat on a plane with her father, looking out the window as it rained heavily. She was only about six years old and didn't understand why they had to go abroad or move to China.
"Dada," she said as the plane was landing, and her father replied, "Yes, my Emzy, what's wrong?" "Are we landing?" she whispered, feeling a bit scared. The plane landed just then, and he and Emma got off the plane, finding themselves in China.
Emma tried to hide her fear, but her father knew she was scared. "Don't worry, Emma, you'll make new friends, and you know the language, what's there to be afraid of?" he told her.
"You're right, Dada, but what if the new kids don't like me?" she responded with a sigh.
"You're overthinking, Emma, don't be silly!" her father answered.
"You're right, Dada, that was silly. If some kids don't like me, then others will, and I can be friends with them," she responded, with a smile on her face.
Little did she know that smile wouldn't last for long. After reaching the hotel, Emma decided to distribute chocolate to her new classmates. She asked her father for permission and he said she could go but not too far from the hotel. Emma agreed but broke the agreement without noticing. She walked until she saw her favourite chocolate in a shop and decided to buy it to give to her classmates. However, she went too far from the hotel and couldn't remember the way back.
Emma tried to retrace her steps, but she couldn't remember them. She started to feel scared and lost, wondering how she would ever find her way back to the hotel. She wished she had listened to her father's advice and stayed closer to the hotel.
मलाई मन पर्ने खेल लुकामारी हो । यो खेल म सानाे हुँदा धेरै खेल्थेँ र अहिले पनि म साथीहरूसँग खेल्छु । याे खेल खेल्न मलाई रमाइलो लाग्छ । म यो खेल स्कुलमा साथीहरूसँग खेल्छु भने घरमा चाहिँ आफ्ना भाइ, बहिनी, दादा र दिदीहरूसँग खेल्छु । यो खेल खेल्दा सुरुमा डुम छानिन्छ र बाँकी अरु सबैजना लुक्न जान्छन् । डुमले चाहिँ लुकेका मान्छेहरूलाई खोज्न जान्छन् अनि १..२..३……भनेर गन्ती गरेर डुमले साथीहरूलाई खोज्न जान्छन् । साथीहरूले डुमले थाहा नपाउने गरी ढ्याप्प पार्याे भने फेरि उसले गन्ती गरी खेल सुरु गर्नुपर्छ यदि उसले सबैलाई लुकेको ठाउँबाट पत्ता लगायो भने जसलाई सुरूमा उसले देखेको थियो उसले फेरि यो खेल सुरु गर्छ । यसरी नै यो खेल एउटै प्रक्रियाबाट चलिरहन्छ । यो खेल खेल्दा लुकेका मानिसहरूलाई खोज्न धेरै मज्जा आउँछ र हामी साथी साथीबिचमा मेलमिलाप बढ्छ ।
It is all about my mother’s past stories, which are precious like china chips.
My mother lived in a small village named Sungure on the banks of the Tamakoshi River. She was just five years old at that time. One evening my mother along with her family heard commotion near her house. My mother and her family heard commotion near her house one evening. Some people sounded scared, and some sounded excited. My mother and her family went to see what it was. To their surprise, there was a big tiger walking along the river. It was her first time seeing a tiger in the wild. She could not sleep the entire night, but she thought that the tiger would come to the house. She obviously could not go to the toilet outside the house. The other day, there was news that the tiger ate goats, which scared my mother more. After a few days, she wasn’t scared anymore.
Even today, she remembers as if it happened yesterday. This is one of her fondest memories of her childhood.