Logo

Student Corner

मानव सेवामा परी

Written by: Aadhya Shri Poudel - 30001, Grade V

Posted on: 24 February, 2023

आज कस्तो घमाइलो दिन, मौसम पनि कति राम्रो सविता– सोनमले भनी । ‘अँ आज त विद्यालयमा परीक्षा छ नि, तर यस परीक्षामा हाम्रो गुरुआमाले विशेष तरिकाले परीक्षा लिनुहुँदै छ । जसमा तीनवटा काम पूरा गर्नुपर्ने हुन्छ तर हाम्रो परीक्षाकाे दिनमा एक जना विद्यार्थीले मात्र दिन पाउँछ, तर म आजको लागि चाहिँ तयार छैन’– सविताले भनी । 
उनीहरू दुवै जना पृथ्वीभन्दा बाहिरको लोकमा बास गर्दथे । उनीहरूको पखेटा थियो, उनीहरू
उड्न सक्थे। आफूलाई मन लागेको ठाउँमा जान सक्थे, साथीहरू मिलेर धेरै रमाउँथे । आज उनीहरू ठिक समयमा विद्यालय पुगे । केही क्षणमा घण्टी पनि बज्यो र उनीहरू दुवै जना कक्षाभित्र हतार हतार पखेटा फटफटाउँदै पुगे । कक्षामा सबैजना भित्र बसिसकेका रहेछन् । कक्षा कोठामा एकदमै हल्ला थियो । 
केही क्षणमा रविना गुरुआमा आउनुभयो र कक्षा शान्त भयो । सबै परीहरूको हाजिरी लिइसकेपछि आजको परीक्षा कसरी लिइने हो, त्यसका नियमहरू के के हुन् भन्ने विषयमा सबै विद्यार्थीहरूलाई जानकारी गराउनुभयो । विद्यार्थीहरूले कुनै कुरा नबुझेका छन् कि भनेर प्रश्न सोध्न आग्रह पनि गर्नुभयो । तर, कुनै पनि परी विद्यार्थीहरूले फखेटा फटफटाएनन् । 
आजको परीक्षाको पहिलो परीक्षार्थी छनौट गर्नमा रविना गरुआमा विद्यार्थीहरूलाई हेर्दै हुनुहुन्थ्यो । तर, सविता भने मलाई बोलाइदिए हुन्थ्यो भन्दै मनमनै प्रार्थना गरिरहेकी थिइन् । नभन्दै गुरुआमाले सवितालाई नै छान्नुभयो । 
सविता अगाडि जानुभन्दा पहिले उसले आफ्नो मिल्ने साथी सोनमलाई मेरो लागि राम्रो गर्न सकोस् भनेर प्रार्थना गर है भनिन् । त्यति भनेर सविता आफ्ना जादुको लठ्ठी लिएर बाहिर निस्कन के लागेकी थिइन् तब गुरुआमाले रोकिन् । 
गुरुआमा रविनाले भन्दै हुनुहन्थ्यो–‘तिमी कहाँ जान लागेको ? तिमीलाई त मैले तिमीले के गर्ने भनेर भनेको नै छैन ।’
सविता रोकिइन्, रविनाले कागजमा लेखेको तीन वटै कामहरू पढिन् । जसमा मुस्ताङमा एक सानी केटी जसको नाम एलिसा हो । उनी ठूलो कार्यक्रममा सहभागी हुन जानुपर्ने छ । उसको काम बाँसुरी बजाउने हो तर उसको त्यस कार्यक्रममा गएर बाँसुरी बजाउन लागेको पहिलो पटक हो । त्यसैले उनी एकदमै डराइरहेकी छिन् र जान पनि मन गरिरहेकी छैनन् । तिम्रो जादुको लठ्ठीको प्रयोग गरेर, उनको मनोबल बढाएर आउनुपर्ने छ । तिमी परी भएर पृथ्वीमा बसिरहेका र मनोबल कमजोर भएकाहरूको मनोबल बढाउँदै उनीहरूलाई मन परेको राम्रा कामहरूमा सहयोग गर्नुपर्छ भनेर गुरूआमाले भन्नुभयो । 
जब गुरुआमाले सबै कुरा सवितालाई भनिन् तब सवितालाई मन नपराउने अर्की परी श्रुती जो परीहरूकी रानी घरमा काम गर्ने सुसारेकी छोरी थिइन् । उनले सविताको मनोबल घटाउन तिमीले त यस्तो काम गर्नै सक्दैनौ, तिमी त्यहाँ नजाउ भनिन् । तर सोनमले सविताको मनोबल बढाउन, श्रुतीलाई भनी–‘तिमी त कस्तो अरूलाई प्रोत्साहन गरेर मानव सेवामा लाग्न हौसला प्रदान गर्नुपर्नेमा हतोत्साहित गर्ने रहेछौ । सविताले सबै काम गर्न सक्छ बरु सायद तिमी दरवारभित्र बसेर मानव सेवा गर्नुपर्छ भन्ने कुरा बिर्सेको जस्तो लाग्यो । तिमी त एकदमै उल्लु रहेछौ ।’
यति कुराकानी रविना गुरुआमाले सुनिरहनुभएको थियो । त्यसपछि गुरुआमाले भन्नुभयो– ‘तिमी सायद आफ्नो कार्य समयमा नै गरेर फर्किन्छौ भन्ने अपेक्षा लिएका छौँ । तिमीले मानव सेवामा आफ्नो सबै शक्ति प्रयोग गरेर सफलता हात पारेर फर्किन सक भन्ने शुभकामना ।’
त्यसपछि सविता परी आफ्नो लोकबाट पृथ्वी लोकमा रहेको मनाङ भन्ने ठाउँको लागि आफ्नो पखेटा फट्फटाउँदै, हातमा जादुको लठ्ठी लिएर हिँडिन् ।