Logo

Student Corner

मलाई मन पर्ने खेल

Written by: Shatakshi Pandey - 31029, Grade IV

Posted on: 23 February, 2023

मलाई मन पर्ने खेल लुकामारी हो । यो खेल म सानाे हुँदा धेरै खेल्थेँ र अहिले पनि म साथीहरूसँग खेल्छु । याे खेल खेल्न मलाई रमाइलो लाग्छ । म यो खेल स्कुलमा साथीहरूसँग खेल्छु भने घरमा चाहिँ आफ्ना भाइ, बहिनी, दादा र दिदीहरूसँग खेल्छु । यो खेल खेल्दा सुरुमा डुम छानिन्छ र बाँकी अरु सबैजना लुक्न जान्छन् । डुमले चाहिँ लुकेका मान्छेहरूलाई खोज्न जान्छन् अनि १‍‍..२..३……भनेर गन्ती गरेर डुमले साथीहरूलाई खोज्न जान्छन् । साथीहरूले डुमले थाहा नपाउने गरी ढ्याप्प पार्‍याे भने फेरि उसले गन्ती गरी खेल सुरु गर्नुपर्छ यदि उसले सबैलाई लुकेको ठाउँबाट पत्ता लगायो भने जसलाई सुरूमा उसले देखेको थियो उसले फेरि यो खेल सुरु गर्छ । यसरी नै यो खेल एउटै प्रक्रियाबाट चलिरहन्छ । यो खेल खेल्दा लुकेका मानिसहरूलाई खोज्न धेरै मज्जा आउँछ र हामी साथी साथीबिचमा मेलमिलाप बढ्छ ।