Logo

Student Corner

बालअधिकार

Written by: Sambid Dhakal - 30028, Grade V

Posted on: 02 March, 2023

बालअधिकार भनेको बालबालिकाको अधिकार हो। यो अधिकार सबै बालबालिकाले पाउनुपर्छ। यसै अधिकारको नाममा  बालदिवस पनि मनाइन्छ। यो दिवस भदौ २९ गते मनाइन्छ। बालअधिकार विपरीत कामहरू जस्तै पिट्ने, हप्काउने, गाली गर्ने आदि  गर्नुहुँदैन। बालबालिकाप्रति माया देखाउनुपर्छ। त्यसैगरी बालबालिकाले खान, लाउन, बस्न खेल्न आदि पनि पाउनुपर्छ। यी कुराबाट बालबालिकालाई वञ्चित गराउनुहुँदैन। सबै मानिसले बालबालिकाप्रति माया जगाएर  बालअधिकारका तथा बालबालिकाको हकको लागि आवाज उठाउनुपर्छ। सानैबाट बच्चाहरूले बालअधिकारकाे हक पाएनन् भने भविष्यमा  देश पनि बिग्रिने सम्भावना हुन्छ। गरिब तथा दुःखी बच्चाहरूलाई सहयोग गर्नु  हामी सबैको कर्तव्य हो। बालबालिका बिरामी हुँदा ठुला मानिसले हेरचाह गर्नुपर्छ। १८ वर्ष उमेर नपुगेका किशोर किशोरीहरूलाई नेपालको कानुनी मान्यताअनुसार  बालबालिका भनिन्छ। यो उमेर भनेको बालबालिकाको पढ्ने, खेल्ने, मनोरञ्जन गर्ने आमा बुबाको पूर्णतया माया पाउँने विद्यालय जान पाउने  उमेर हाे तर दुर्भाग्यवश बालबालिकाहरू ग्रामीण समाजमा आर्थिक अवस्थाका कारण विद्यालय जान पाएका छैनन् ।  खेल्ने र  रमाउने उमेरमा उनीहरू अर्काको घरमा भाँडा माझ्ने कारखानामा मजदुरी गर्ने बाटाका फाेहाेरहरू टिपी आफ्नो दैनिकी गर्ने आदि काम गर्न बाध्य छन्। वास्तवमा यो निकै गलत हो। उनीहरूलाई मनोरञ्जन भन्ने कुरा निकै परको कुरा भएको छ । वास्तवमा यसरी बालबालिकाहरूलाई मजदुर बनाउनुहुँदैन यो त कानुनभन्दा ठिक विपरीत कुरा हो ।  उनीहरूलाई घरको आर्थिक अवस्था कमजोर छ भने सरकारले निःशुल्क शिक्षा दिने व्यवस्था गर्नुपर्छ ।  उनीहरूलाई खेल्ने  कुद्ने व्यवस्था गर्नुपर्छ।  त्यतिमात्रै होइन कति बाल-बालिकाहरू अपहरित भएर होटलहरूमा काम गरिरहेका छन्, भने कति बालबालिकाहरू मुम्बइको कोठीमा बेचिएका छन् ।   निर्मला पन्त, भागिरथी आदि लगायतका बालिकाहरू बलात्कृत भएर मृत्युको मुखसम्म पुग्न विवश भएका छन् । देशकाे कानुन कमजोर भएका कारण दाेषीहरूले सजाय पनि पाएका छैनन् । नेपालको पश्चिमी भेगमा १०/ ११ वर्षका साना साना बालबालिकाहरू महिनावारी हुँदा छाउगोठमा बस्न विवश छन् ।   छाउगोठमा बस्दा उनीहरू सर्प बिच्छी जस्ता विषालु किरा अथवा जनावरहरूले डसी मर्न  पुग्छन् र उनीहरू अकालमै मृत्युको मुखमा पुग्नुपर्ने अवस्था छ ।  उनीहरूलाई अँध्यारो कोठामा राख्दा कति बालिकाहरूको त  डरले गर्दा आफ्नो मानसिक अवस्था नै कमजोर हुन पुगेकाे छ ।  वास्तवमा  यस्ताे गर्नुहुँदैन । अन्धविश्वासका कारण आफ्ना छोरीहरूलाई अकालमै गुमाउँन विवश बनाउने यस्ता आमा बुबाहरूलाई पनि उचित शिक्षादीक्षा दिएर र  कठोर कानुन बनाएर यस्ता नकारात्मक प्रवृत्तिहरूलाई हटाउन आवश्यक छ । आजका  बालबालिकाहरू भाेलिका देशका भविष्य हुन् ।भोलिका देशका भविष्य र खम्बा आजका बालबालिकाहरूले उचित शिक्षादीक्षा राम्रो संस्कार पोसिलो खाना पाएनन् भने भोलिको देश पनि राम्रो हुन सक्दैन ।  त्यसैले बालबालिकाहरूलाई पोसिलो खानेकुरा हुनु उत्तिकै आवश्यक रहेको छ ।  त्यसैले उनीहरूको मनोबल  बढाउँन बेलाबेलामा खेलकुद, मनोरञ्जन, घुमघाम जस्ता कुराहरूमा पनि सहभागी गराउनुपर्छ, जसले गर्दा उनीहरूको शारीरिक र मानसिक विकासमा ठुलो सहयोग पुग्छ ।
बालबालिकाहरूलाई नयाँ नयाँ सिर्जनात्मक कार्यहरूमा पनि सहभागी गराउन आवश्यक छ उनीहरूका नयाँ नयाँ सिर्जनाहरूले नै भोलिको देश सिर्जनशील उर्जाशील र परिवर्तनशील हुन सक्छ । बालबालिकाहरूका लागि सुरक्षित ठाउँमा बस्न पाउने पनि एउटा अधिकार हो । आजका बालबालिकाहरू असुरक्षित भए भने उनीहरूको मानसिक अवस्थामा असर पर्न सक्छ त्यसैले उनीहरूलाई अभिभावकको साथमा सुरक्षाको अनुभूति गराई बस्न पाउनु आवश्यक छ। कतिपय बालबालिकाहरू अपहरणमा परी  अकालमै ज्यान गुमाउनुपरेको छ त्यसैले अभिभावकले राम्रो रेखदेख गर्नु र सुरक्षाको अनुभूति गराई विद्यालय लाने घर ल्याउने अनि एक्लै नछोडिदिने जस्ता कुराहरूमा ख्याल गर्नु आवश्यक छ । बालबालिकाहरूलाई तँ यस्तो उस्तो भनेर गालीगलाैज गर्नुहुँदैन । साना साना बालबालिकाहरूलाई एक्लै छाड्नु पनि  हुँदैन एक्लै छाड्दा उनीहरूको अप्ठ्याराेमा पर्न सक्छन् ।  त्यसै गरी उनीहरूले कहिलेकाहीँ मनोरञ्जन पनि खोज्छन् मनोरञ्जनका लागि उनीहरूलाई मोबाइल, ल्यापटप  जस्ता  साधनहरू मात्र दिएर समय बिताउन लगाउनुहुँदैन । यस्ता कार्यले गर्दा उनीहरूको स्वास्थ्य अवस्था पनि बिग्रन्छ, त्यसैले उनीहरूलाई खुला ठाउँमा शारीरिक अवस्था बलियो हुने तरिकाले खेल्न, कुद्न र रमाइलो गर्न  छाडिदिनु आवश्यक छ । आजका बालबालिकाहरू असल भए भने मात्र भोलिको परिवार समाज र राष्ट्र असल बन्न सक्छ । असल  बनाउनकै लागि उनीहरूलाई असल संस्कार दिनु आवश्यक रहेको छ । आज फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जालले गर्दा बालबालिकाहरूलाई नकारात्मक साेचतिर लगिरहेका छन् । त्यसैले अभिभावकले आफ्नो सन्तान कुन बाटोतिर जाँदै छ, कस्ता खालका साथीको सङ्गत गर्दै छ भन्ने कुरालाई ख्याल गरेर सबै असल मार्गदर्शक बन्नुपर्ने हुन्छ ।  कति बालबालिकाहरू सानै उमेरदेखि लागुपदार्थ सेवन गरेर आफ्नो जीवन बर्बाद गरिरहेका छन् ।त्यसैले बालबालिकाहरूलाई खराब सङ्गतले बिगार्ने  हुँदा सही गलत निर्णय गर्न सक्ने नहुँदासम्म आफूले धेरै समय दिनु आवश्यक छ ।  त्यसैले बालबालिकाहरूलाई आफ्नो साथमा राखेर, उचित शिक्षादीक्षा दिएर, बेलाबेलामा मनोरञ्जन, गराएर पोसिलो खाना खुवाएर उनीहरूको भविष्यका लागि निरन्तर खट्नुपर्दछ ।