Logo

Student Corner

पुस्तक समीक्षाः कालाे माला

Written by: Sadagi Koirala - 31026, Grade IV

Posted on: 27 February, 2023

‘कालाे माला’ पुस्तकका लेखक मधुसूदनप्रसाद घिमिरे हुनुहुन्छ । यो पुस्तक हामीले कात्तिक महिनामा पढेका थियौँ । यस पुस्तकभित्र छवटा कथाहरू छन् । यसका सबै कथाहरू एकदमै सरल र रमाइला छन् । बुझ्ने भाषा पनि निकै सरल छ । यस  किताबभित्र सबै चराहरूका दन्तेकथा छन् । कालो माला पुस्तकका कथामा धेरै रङ्गीचङ्गी चित्रहरू पनि छन् । यस कथामा नैतिक शिक्षा पनि दिइएको पाइन्छ । मलाई यस किताबभित्रका कथाहरूमध्ये ‘काग र कोइली’ कथा धेरै मन पर्‍याे किनभने यस कथाले हामीलाई राम्राे शिक्षा दिएको छ । काग र कोइली कथामा कागले कोइलीका बच्चा हुर्काउँछ तर कागले आफूले काेइलीका बच्चा हुर्काएको भन्ने थाहा पाउँदैन । जब काेइलीका बच्चा ठुला हुँदै जान्छन् रङ परिवर्तन हुँदै जान्छ अनि मात्र कागले कोइलीको बच्चा हुर्काएको रहेछु भन्ने चाल पाउँछ । कागले आफूलाई निकै बाठा ठान्दछ तर काेइलीले झुक्याएको उसले थाहा पाउँदैन आजसम्म पनि कागले काेइलीका बच्चा हुर्काउँछ भन्ने चलनचल्ती रहेको छ ।