Logo

Student Corner

विश्व वातावरण दिवस

Written by: Lavanya Karki - 31012, Grade V

Posted on: 12 September, 2023

विश्व वातावरण दिवस प्रत्येक वर्ष जून ५ मा हुन्छ । प्रथम  विश्व वातावरण दिवस  जून १९७४ मा मनाइएको थियो ।  यस दिनमा १४० भन्दा बढी देशहरूको सहभागिता रहेको थियाे । वातावरणको सुरक्षा र संरक्षणका लागि यो दिवस मनाइन्छ । याे दिन स्कुल, कलेज, सरकारी  तथा गैर सरकारी इत्यादि निकायहरूले वृक्षारोपणको कार्यक्रम गर्दछन् । यो दिन स्कुलमा वातावरण  सम्बधी महत्त्वपूर्ण जानकारी दिइन्छ । वातावरण दिवस हरेक वर्ष नयाँ याेजनाको साथ मनाउने गरिन्छ । बच्चा र बुढाबुढीलाई वातावरणको महत्त्वको बारेमा जानकारी दिने गरिन्छ । विश्व वातावरण दिवसको दिन पूरै  विश्वभर अनेक प्रकारका कार्यक्रमहरू आयोजना हुन्छन् । विश्व वातावरण मनाउनकाे उद्देश्य वातावरणप्रति जागरुकताको लागि प्रोत्साहन गर्नु हो । हामीले गरेको हरेक क्रियाकलापको प्रत्यक्ष असर वातावरणमा पर्दछ । मानिस र वातावरण एक अर्कमा पूर्ण रूपमा निर्भर छन् । पृथ्वीमा स्वच्छ वातावरणको अभाव भएको खण्डमा हामो जीवन सम्भव  हुन सक्दैन । वातवरणले हामीलाई जीवन जीउनका लागि शुद्ध वायु एवं शुद्ध खानेकुरा उपलब्ध गराउँदछ । यदि हामीले यस वातावरणलाई सुरक्षित राख्ने हो भने वनजङ्गल फडानी रोक्नुपर्दछ । वातावरणलाई सुरक्षित राख्नलाई  धेरैभन्दा धेरै रुखहरू रोप्नुपर्दछ । हामीले पानीको वचत गर्नुपर्छ । प्लास्टिकको झोलाको सट्टा वैकल्पिक झोलाको प्रयोग गर्नुपर्छ । वातावरणलाई हामी सबै मिलेर संरक्षण गर्नुपर्छ ।