Logo

Student Corner

मेराे पाेखरासम्मकाे यात्रा

Written by: Darshana Khadka - 31048, Grade V

Posted on: 21 September, 2023

२ बर्ष अगाडि  बैशाखमा फुपू,  फुपाजु (भिनाजु) र दुईजना भान्जी दिदीसँग म पोखरासम्मको यात्रामा गएकी थिएँ । त्यसै दिन हामी बिहान छिटो उठ्‌यौँ, नित्यकर्म सकायौँ अनि  चिया नास्ता खाएर  हाम्रो यात्रा सुरु गर्याैँ ।  दिदीहरू र म  नयाँ नयाँ ठाउँ हेर्न र घुम्न निकै उत्साहित थियाैँ । बाटोमा हामीहरूले धेरै गीत पनि गायौँ ।  हाम्रो गाडी  एउटा होटलमा गएर रोकियो । त्यहाँ हामीले खाजा खायौँ ।  खाजा खाइसकेपछि हामीले यात्रा  सुरु गर्याैँ ।  बाटोमा हामीले  हिमाल र पहाड देख्यौँ । हरिया वनजङ्‌गल ,खोला र नदी पनि देख्यौँ । मुग्लिनमा गएर हामीले खाना खायौँ । हामी फेरि हाम्राे यात्रामा लाग्यौँ । वरिपरिका रमाइला दृश्य हेर्दै,  गीत गाउँदै  हामी नेपालको पर्यटकीय  सहर पोखरा पुग्याैँ ।पोखरा साँच्चै सुन्दर सहर रहेछ । त्यहाँ विभिन्न ठाउँबाट मानिसहरू घुम्न आएका थिए । भोलि उठेर  पोखराका महत्वपूर्ण ठाउँहरू  घुमौँला भन्दै हामी एउटा होटलमा खाना खाएर सुत्यौँ  । काठमाडाैँदेखि पोखरासम्मको मेरो यात्रा निकै रमाइलो भयो ।