Logo

Student Corner

फेरी आयो नयाॅं कोरोना राेग

Written by: Sayoon Darlami - 29038, Grade V

Posted on: 20 May, 2021

विश्वभरी नै फैलिएको काेराेनाले फैलाएकाे याे  रोग जसले गर्दा सबै मानिसहरु डर र त्रासमा बाच्न बाध्य भइरहेका छन्।  मानिसहरुले सोचेका पनि थिएनाैँ होला कि यस्तो दिनदशा पनि आउँछ भनेर । आजभन्दा एक वर्ष अगाडिको समयमा जाने हो भने भखरै निस्किएको नयाँ रोग जुन चाइनाबाट आएको थियाे ।
 याे रोग धेरै नै डर लाग्दो र अरु रोग भन्दा घेरै फरक  छ । याे राेग एक चोटी लागे पछी ज्यान गुमाउनु पर्ने  पनि हुन सक्छ किनकि यसकाे  औषधी बनेकाे छैन । यो रोगले बच्चा ,बुढा ,केटाकेटी केही नभनी मानिसले आफ्नो ज्यान गुमाउनु परिरहेकाे छ ।यो रोगले विश्वलाई नै बन्द गरायो ।कति मान्छे रोगले मरे त कति मान्छे भोकले मानिसले आफुले आफैँलाई घर भित्र नै बन्द गरेर बस्नु पर्ने अवस्थालाई  हामीहरुले  जसोतसो गरेर कति पीडाहरुको सामना गरेर यो एक बर्ष त कटायाैँ । विस्तारै सबै कुराहरु पनि खुल्दै आयो । स्कुल,कलेज,अफिस,दिनकै काम गरेर एक छाक काट्नु पर्ने मानिसहरु दुःखलाई भुलेर खुसी हुन लागेका मात्र के थिए ; त्यसको दोब्बर दुख आउछ भनेर कोसैलाई केही थाहा थिएन । अब त झन नयाॅं कोरोनाकाे पुस्ता आएकाे छ ।  याे पहिलेको भन्दा डर लाग्दो र खतरनाक छ ।  अहिले अस्पतालहरु कुनै खाली छैनन् ।अहिले मानिसहरुलाई धेरै नै गाह्राे बनाएको छ । कति महिना कति बर्ष लाग्ने हो यो रोगको रोकथाम हुन कुनै टुङ्गाे नै छैन । छिटाे याे समस्याबाट मुक्ति पाइयाेस् ।