Logo

Student Corner

एक कप चिया

Written by: Aadhyashree Poudel - 30002, Grade IV

Posted on: 16 May, 2021

एउटा सुवर्णपुर नाम गरेकाे राज्य थियाे । उक्त राज्य सुवर्ण नाम गरेका राजाकाे थियाे । उनकाे एउटी सानी राजकुमारी थिइन् । उनकाे नाम साम्भवी थियाे । उनलाई चिया पिउन खुबै मन पर्दथ्याे ।

उनले आफू पाँच वर्षकी हुँदा चियाकाे स्वाद थाहा पाएकी थिइन् । उनलाई फरकफरक स्वाद भएका चिया बनाएर सेवकले खुवाउने गर्दथे । चिया नमिठाे भएकाे खण्डमा उनले सेवकलाई झपार्दथिन । उनी छुच्ची भएका कारणले सेवकलाई कहिलेकाहीँ दुःख लाग्दथ्याे । राजकुमारीलाई भने चिया बनाउन ।

साँझ परेपछि राजकुमारीलाई चिया चाहिन्थ्याे । राजकुमारीले चिया खाने समय अलिकति पनि तलमाथि हुनुहुँदैनथ्याे । एक दिनकाे कुराे हाे । उनले चिया खाइरहेकाे बेलामा कप तल खसेर फुट्याे  । आफ्नाे हातबाट कप फुटेपछि त्यसकाे दाेष सेवकलाई लगाइन् । अर्काे दिन पनि त्यस्तै भयाे । लगातार एक हप्तासम्म कप फुट्न् क्रम राेकिएन ।

राजाले उक्त कुराे थाहा पाए । त्यसपछि राजा चिन्तित भएर उक्त कप फुटाउने काे हाे भनेर पत्ता लगाउन सभा बाेलाए । उक्त सभामा सेवकले पनि आफ्नाे सफाइ राख्ने माैका पायाे । राजा लगाएत सबै व्यक्तिहरूले सेवकबाट गल्ति नभएकाे ठाने । त्यसपछि राजाले आफ्नी प्यारी छाेरी राजकुमारी साम्भवीलाई बाेलाएर साेधपुछ गरे । साेधपुछका क्रममा  कप राजकुमारी आफैँले फुटाएर दाेष सेवकलाई लगाएकाे स्पष्ट भयाे । त्यसपछि राजकुमारी रुँदै आफूले झुटाे बाेलेकाे स्वीकार आउँदैनथ्याे गरिन् र अबदेखि त्यस्ताे झुट बाेलेर अरुलाई दुःख नदिने वाचा गरिन् । 

राजा प्यारी छाेरी राेएकाे देखेर दुःखी भए । राजाले आफ्नी छाेरीलाई सम्झाए । कसैलाई पनि नचाहिने विषयमा झुटाे बाेलेर दुःख दिनु हुँदैन  । हामीले त जनताकाे सेवा गर्नुपर्छ भनेर सम्झाए ।