Logo

Student Corner

दसैँ

Written by: Pranish Pandey - 34022, Grade I

Posted on: 17 November, 2022

मेराे दसैँकाे अनुभव राम्राे रह्‍याे । हामी नेपालगञ्‍ज, बर्दिया हुँदै दाङ गयाैँ । बर्दिया राष्ट्रिय निकुञ्‍ज घुम्दा हामीले बाघ देख्याैँ । त्यसपछि हामी दसैँ मान्‍न दाङ गयाैँ । आमा र बुबा सधैँ बिहान मन्दिर जानुहुन्थ्याे । म, भाइ र दिदी खेलेर बस्थ्याैँ । बुबाले खसी किनेर ल्याउनुभयाे अनि खसी काटेर सधैँ मासु नै मासु खायाैँ । टीकाकाे दिन हजुरआमाले सबैलाई टीका र जमरा लगाइदिनुभयाे । मलाई म भन्दा ठुला सबैले टीका, जमरा, आशीर्वाद र दक्षिणा दिनुभयाे । यसरी मेराे दसैँ रमाइलाे भयाे ।