Logo

Student Corner

हाम्रो देश नेपाल

Written by: Rex Acharya - 33040, Grade II

Posted on: 16 November, 2022

हाम्रो देशको नाम नेपाल हो । हाम्रो देश राम्रो, सुन्दर र रमाइलो छ । हाम्रो देशको राजधानी काठमाडाैँ हो । हाम्रो देश हरियाली वनजङ्गल, खोलानाला,  मठमन्दिर लगायत प्राकृतिक सुन्दरताले भरिएको धनी देश हाे ।  हाम्राे देशमा धेरै जात भाषाभाषिका मानिसहरू छन् । हाम्राे देशको राष्ट्रिय जनावर गाई हो । राष्ट्रिय फूल लालीगुराँस हो । राष्ट्रिय चरा डाँफे हाे । हाम्रो देश नेपालमा पुराना सम्पदाहरूको धेरै महत्त्व रहेको छ ।