Logo

Student Corner

Articles

मन पर्ने खेल
- Sushant Pokharel - 32020, Gra ... 24 August, 2022

संसारमा धेरै प्रकारका खेलहरु हुन्छन् । मलाई प्राय सबै खेलहरु मन पर्छ । तीमध्ये दिमाग प्रयोग गरेर खेल्ने खेलहरु मेरो रुचिमा पर्दछन् । चेस एउटा रोचक र रमाइलो खेल हो । यसमा एउटा चेसबोर्ड र ३२ वटा विभिन्न प्रकारका गोटीहरु हुन्छन् । यसैगरी चेसको बोर्डमा कालो र सेतो ३२/३२ वटा गरी जम्मा ६४ वटा वर्गकार आकारका हुन्छन् । त्यसैगरी गोटीहरुमा ८/८ ओटा काला र सेता पिउसा अनि २/२ वटा काला र सेता उँट, घोडा र हात्ती हुन्छन् । १/१ ओटा कालाअनि सेता मन्त्री र राजा हुन्छन् । यस खेल दुईजना मानिसहरुले खेल्न मिल्छ । एकजनाले कालो गोटीको तर्फबाट र अर्काले सेतोको तर्फबाट । गोटीहरुलाई नियमअनुसार २ तर्फ लाइनबद्ध गरी राखिन्छ जसमा पिउसा अगाडी हुन्छन् । बाँकी पछाडी रहन्छन् । गोटीहरु नियम अनुसार अगाडी पछाडी गर्दै एक आपसमा काटिन्छन् जसले राजालाई काट्छ या थुन्छ त्यो खेलाडीले खेल जित्छ । यो खेल खेल्न मलाई सारै रमाइलो लाग्छ ।


Read More