Logo

Student Corner

मन पर्ने खेल

Written by: Aarush Tamang - 32034, Grade III

Posted on: 15 November, 2022

मलाई फुटबल मन पर्छ । म फुटबल खेल धेरै राम्रो खेल्छु । फुटबल खेल शारीरिक तथा मानसिक विकासका लागि धेरै राम्रो हुन्छ । फुटबल खेलमा भकुन्डोको प्रयोग गरिन्छ । एउटा समूहले अर्को समूहको गोलपोष्टमा गोल गर्नुपर्छ । यो खेल खेल्दा खुट्टाले मात्र बल छुन पाउने भएकाले यस खेललाई फुटबल भनिएको हो । हरेक समूहमा ११ जना खेलाडीहरु हुन्छन् । गोलपोष्टमा बस्‍ने खेलाडीलाई गोल किप्पर भनिन्छ । अगाडि बसेर अर्को समूहको गोलपोष्टमा गोल गर्न प्रयास गर्ने खेलाडीलाई फिल्डर भनिन्छ । यो खेल खेल्दा अनुशासित भएर खेल्नुपर्छ । यो खेलले मलाई अनुशासन सिकाएकोले मलाई फुटबल खेल मन पर्छ ।