Logo

Student Corner

Articles

मन पर्ने खेल
- Somanshu Rajbhandari - 32018, ... 14 December, 2022

मेरो नाम सोमांसु राजभण्डारी हो । मेरो मन पर्ने खेल फुटबल हो । फुटबल खेल्न मैदान चाहिन्छ । हरेक मैदानमा दुईवटा गोलपोष्ट हुन्छ । हरेक समूहमा ११-११ जना खेलाडी हुन्छन् । हरेक खेलाडीको लुगाको पछाडि एउटा सङ्ख्या हुन्छ । फुटबलमा रेफ्री हुन्छ रेफ्रीसँग रातो कार्ड र पहेँलो कार्ड हुन्छ । कुनै खेलाडीले नराम्रो खेल्यो भने पहेँलो अथवा रातो कार्ड देखाउन सक्छ । कार्ड पाएको खेलाडीले मैदान तुरुन्त छोडेर जानुपर्छ । फुटबल खेल्ने समय ९० मिनेटकाे हुन्छ । फुटबल खेलेर हामी स्वस्थ हुन्छाैँ । बुबा र म पनि कहिलेकाहीँ घरनजिकै फुटबल खेल्छौँ । फुटबलको मलाई मन पर्ने खेलाडीको नाम क्रिष्टियानो रोनाल्डो हो ।


Read More