Logo

Student Corner

Articles

माेबाइल
- Bishrant Sitaula - 32006, Gra ... 19 December, 2022

माेबाइल फाेन एउटा सानाे यन्त्र हाे र माेबाइल आजकाल सबै मानिसहरूलाई चाहिन्छ । माेबाइल टाढा तथा नजिक रहेका मानिसहरूसँग कुरा गर्न सकिन्छ । माेबाइलमा कुराकानी मात्र हाेइन अन्य थुप्रै काम गर्न सकिन्छ । जस्तैः खेल खेल्न , समाचार पढ्न , गीत सुन्‍न , फिलिम हेर्न आदि ।
माेबाइलका फाइदा र बेफाइदा दुवै छन् । माेबाइलले हाम्राे जीवनलाई सरल बनाएकाे छ । माेबाइलले गर्दा देश विदेशका घटना छिट्टै थाहा पाउन सकिन्छ तर माेबाइल धेरै चलाउँदा मानिसकाे दिमागमा असर पर्छ । । आँखा कमजाेर हुन्छ । त्यसैले माेबाइलकाे सही प्रयाेग गर्नुपर्छ । विद्यार्थीहरूले माेबाइल धेरै चलाउनु हुँदैन ।


Read More