Logo

Student Corner

Articles

मेरो परिवार
- Ajanya Parajuli - 33031, Grad ... 23 June, 2023

मेरो नाम अजन्य पराजुली हाे । म रातोपुलमा बस्छु । मेरो परिवारमा छ जना सदस्य हुनुहुन्छ । मेरो परिवारमा हजुरबुबा, हजुरआमा, बुबा, आमा, बहिनी र म छौँ । मेरा हजुरबुबा र हजुरआमा घरमै बस्नुहुन्छ । मेरो बुबा मार्केटर हुनुहुन्छ । मेरो बुबा दयालु हुनुहुन्छ । मेरो बुबालाई नेपाली खाना खान मन पर्छ । मेरो बुबाको मन पर्ने रङ निलो हो । बुबालाई किताब पढ्न मन लाग्छ । मेरी आमा शिक्षिका हुनुहुन्छ । मेरी आमा पनि मायालु हुनुहुन्छ । मेरी आमालाई मःम खान मन पर्छ । मेरी आमाको मन पर्ने रङ रातो हो । मेरी बहिनी सानी छिन् । उनलाई पुतली खेल्न मन पर्छ । उनलाई सुन्तला र स्याउ खान पनि मन पर्छ । बुबाले हामीहरू सबै जनालाई धेरै माया गर्नुहुन्छ । 


Read More