Logo

Student Corner

मातातीर्थ औँसी

Written by: Avana Pokharel - 32004, Grade II

Posted on: 24 June, 2021

वैशाख महिनाकाे २८ गते मातातीर्थ औँसी परेको थियो । मातातीर्थ औँसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । यस दिन सबै छोराछोरीले आफ्ना आमालाई मिठा मिठा खानेकुरा र उपहार दिने गर्दछन् । आमालाई फलफूल पनि दिन्छन् अनि यस दिनमा आमालाई धेरै माया गर्छन् । आमालाई हामीले सधैँ माया गरिरहनुपर्छ । आमाले हाम्रा लागि धेरै कामहरू गर्नुहुन्छ । आमा मिहिनेती हुनुहुन्छ ।