Logo

Student Corner

Articles

बाबालाई ढिलाे भाेः पुस्तक समीक्षा
- Sarvani Manandhar - 32016, Gr ... 09 June, 2021

‘बाबालाई ढिलाे भाे’ कथा हामीले वैशाख महिनामा मासिक पुस्तककाे रूपमा पढ्याैँ । यस पुस्तकमा बाबालाई अफिस जान ढिलो भयो । बाबा हतार हतार दाँत माझ्दै हुनुहुन्छ । हतार हतार मुख पनि धुँदै हुनुहुन्छ र लुगा पनि हतार हतार लगाउँदै हुनुहुन्छ । हजुरबुबाले बाबाको झोला ल्याइदिनुहुन्छ । हजुरआमाले बाबाको छाताले दिनुहुन्छ । दाइले पनि बाबाको जुत्ता ल्याइदिनुहुन्छ । दिदीले बाबाको घडीले ल्याइदिनुहुन्छ । नानी पनि बाबालाई सहयाेग गर्न चाहन्छिन् । नानीकाे मनमा लाग्छ उनले बाबाको नास्ता खाँइदिएर बाबालाई मद्दत गर्न सक्छिन् र उनले बाबाकाे नास्ता खाइदिन्छिन् ।
 


Read More
मेरो गाउँ
- Sushant Pokharel - 32020, Gra ... 08 June, 2021

 मेरो नाम सुशान्त पोखरेल हो । हाल म  काठमाडाैँको सिनामङ्गलमा बस्छु । मेरो पुर्ख्यौली घर खोटाङ जिल्लाको खार्पा भन्ने गाउँमा हो । मेरो घर रावाबेँसी गाँउपालिकामा पर्दछ । मलाई मेरो गाउँ धेरै मन पर्छ । गाउँमा एक घरबाट अर्को घर अलि टाढा टाढा हुँदो रहेछ । मैले गाउँमा खसी, बाख्रा, गाई र भैँसीहरू पनि देखेँ ।  मलाई बाख्राका साना पाठो र पाठी धेरै मन पर्‍याे । मैले उनीहरूसँग उफ्रेर खेलेँ । मेरो गाँउको माथिपट्टि ठूलो र हरियो जङ्गल छ । त्यताबाट चिसो र स्वच्छ हावा आउँदो रहेछ । त्यति मात्र हैन कौसीमा बसेर तल हेर्दा देखिने रावा खोला, त्यसकाे वरिपरि देखिने हरियाे खेत र डाँडाकाँडाहरूको दृश्य झनै राम्रो र  मनै लोभ्याउने देखिदो रहेछ । मेरो  घरबाट सेतो हिमालहरू पनि देखिन्छ । बिहानको घाममा हिमाल त रातो  रातो पो देखिदो रहेछ । मलाई त अनौठो लाग्यो । मलाई स्कुल बिदा हुँदा मेरो गाउँ जान मन लाग्छ । तर अहिले करोना भाइरसले  अति ज़रूरी कामविना बाहिर जान नमिल्ने हुनाले अगाडि भएको बिदामा घरमै बसेँ कतै बाहिर घुम्न गइनँ । 
 


Read More